जगदम्बा कङ्क्रिटोले चोर्नीको करौडौंको सार्वजनिक जग्गा मिचेको मुद्दा अदालतमा
प्रस, वीरगंज, २१ माघ/ सरकारी जग्गा किर्ते गरी मिचेको अभियोगमा देशकै चर्चित उद्योगपतिहरू कानूनको दायरामा आइरहेको अवस्थामा वीरगंजमा पनि एउटा यस्तै घटना प्रकाशमा आएको छ । वीरगंज महानगर–३२ चोर्नीस्थित जगदम्बा कङ्क्रिटो प्रालिले करोडौं मूल्य बराबरको करीब साढे तीन बिघा जग्गा मिचेको फिराद दाबी छ । विभिन्न कित्ताको जग्गा आप्mनो जग्गामा राखेर दर्ता गराइ सो जग्गा […]
२०८० माघ २२ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
शिक्षण संस्था, धार्मिकस्थलमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा महानगरले रोक लगायो
प्रस, वीरगंज, २१ माघ/ वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बजार अनुगमन समितिको बैठकले शिक्षण संस्था, धार्मिक स्थलमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न महानगरले रोक लगाउने निर्णय गरेको छ । आइतवार महानगरपालिकाको कार्यालयमा उपप्रमुख आलमको अगुवाइमा बसेको बजार अनुगमन समितिको बैठकले सङ्घीय स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयहरूको वरिपरि ५०० मिटरसम्म मदिरा एवं […]
विष्णु महायज्ञको तयारी तीव्र –आयोजक
प्रस, वीरगंज, २१ माघ/ वीरगंज महानगर–१४ पिपरामा यही माघ २८ गतेदेखि हुन लागेको श्री सीताराम नामसंकीर्तन महायज्ञ–१०८ कुञ्ज, नौ दिने विष्णु महायज्ञबारेमा आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । महायज्ञ मूल तयारी समितिका अध्यक्ष मुर्लीधर रूँगटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक अनिल रूँगटाले महायज्ञको कार्यक्रम तथा आर्थिक अवस्थाबारेमा जानकारी गराएका थिए । उनले […]
लमरियामा ढलान सडकको शिलान्यास
प्रस, पोखरिया, २१ माघ/ पोखरिया नगरपालिका–२ लमरियामा ढलान सडकको उपप्रमुख रुबी ठाकुरले शिलान्यास गरेकी छन् । सङ्घ सरकारको रु छ लाख र पोखरिया नपाको चार लाख गरी १० लाख लागतमा ६० मिटर सडक ढलान गरिने वडाध्यक्ष केदार चौहानले बताए । शिलान्यास कार्यक्रममा राधासाह कानू, सलीम अन्सारी, वीरेन्द्र गिरी, विन्ध्याञ्चल ठाकुर, रामचन्द्र साहलगायतको सहभागिता थियो ।
गरुडामा स्वास्थ्य शिविर, दुई हजार लाभान्वित
प्रस, रौतहट, २१ माघ/ गरुडा नगरपालिकामा आयोजित निश्शुल्क स्वास्थ्य शिविरमा बिरामी लाभान्वित भएका छन् । नेपाली काङ्ग्रेस मधेस प्रदेशका सभापति तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवद्वारा उद्घाटन गरिएको निश्शुल्क स्वास्थ्य शिविरमा बिरामी उपचार सेवाबाट लाभान्वित भएका हुन् श्री सुशीला देवी कलाकार मेमोरियल ट्रष्टको छैटौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका– ६ पौठियाहीमा आयोजित निश्शुल्क स्वास्थ्य […]
फरार सूचीका दुईजना ज्येष्ठ नागरिक पक्राउ
प्रस, वीरगंज, २१ माघ/ जिल्ला प्रहरी कार्यालय, बाराले अदालतबाट कैद सजाय भएर फरार सूचीमा रहेका दुईजना ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले डाँका मुद्दामा बारा जिल्ला अदालतबाट रु साढे १३ हजार जरिवाना भएपछि फरार रहेका देवताल गाउँपालिका–६ निवासी ६८ वर्षीय जादोलाल राउतलाई आइतवार पक्राउ गरिएको बताए […]
विष्णु महायज्ञको तयारी
वीरगंज महानगर–१४ पिपरास्थित वीरगंज चिनी कारखानाको मैदानमा आयोजना हुने सीताराम नाम संकीर्तन महायज्ञ–१०८ कुञ्ज एवं नौ दिवसीय विष्णु महायज्ञको तयारी गरिंदै । उक्त महायज्ञको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल माघ २८ गते वीरगंज आउने भएका छन् । तस्वीरः राधेश्याम पटेल
काठसहित एकजना तस्कर पक्राउ
प्रस, रौतहट २० माघ/ रौतहट जिल्लाका विभिन्न स्थानबाट चारवटा सालको गुलिया सहित एकजना तस्करलाई वन सुरक्षा टोलीले पक्राउ गरेको छ । वृन्दावन र चेतनगर सबडिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया, मोटरसाइकलमा सवार तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेका हुन । सहायक वन अधिकृत अनिल महतोको कमाण्डको टोलीले काठ […]
प्याज लोड आठवटा गाडी नियन्त्रण
प्रस, वीरगंज, २१ माघ/ जिल्ला प्रहरी कार्यालय, बाराले ३४ लाख ८७ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएको जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगर–७ जीतपुरबाट इलाका प्रहरी कार्यालय, जीतपुरले सातवटा पिकअप, मिनीट्रक र ट्रकबाट २३ हजार १५० किलो प्याज र दुईवटा ट्रकबाट खुद्रा सामान गरी ३४ लाख ८७ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको जिप्रका, बाराका […]