प्रस, रौतहट, २१ माघ/
गरुडा नगरपालिकामा आयोजित निश्शुल्क स्वास्थ्य शिविरमा बिरामी लाभान्वित भएका छन् ।
नेपाली काङ्ग्रेस मधेस प्रदेशका सभापति तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवद्वारा उद्घाटन गरिएको निश्शुल्क स्वास्थ्य शिविरमा बिरामी उपचार सेवाबाट लाभान्वित भएका हुन्
श्री सुशीला देवी कलाकार मेमोरियल ट्रष्टको छैटौं पुण्य तिथिको अवसरमा स्थानीय गरुडा नगरपालिका– ६ पौठियाहीमा आयोजित निश्शुल्क स्वास्थ्य शिविर कार्यक्रममा दुर्ई हजार बिरामी लाभान्वित भए ।
तीन हजार बिरामीको स्वास्थ उपचार गर्र्ने उद्देश्यका साथ सञ्चालन गरिएको निश्शुल्क स्वास्थ्य शिविरमा करीब दुर्ई हजार बिरामीको जाँच तथा औषधी वितरण गरिएको संस्थाका अध्यक्ष उमेशप्रसाद चौधरीले बताए । शिविरमा वीरगंजका विभिन्न अस्पताल र रौतहटका अनुभवी डाक्टरहरूले स्वास्थ्य जाँच तथा उपचार गर्नुपर्ने बताए ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अथिति नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति एवं भौतिक पुर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादबले निश्शुल्क शिविरमा स्वास्थ उपचारबाट आम नागरिकलाइ राहत भएको बताएका थिए। उद्घाटन कार्यक्रममा पार्टी जिल्ला सभापति सुनील यादब (जितेन्द्र) डाक्टर शिवकुमार झालगायतको सहभागीता रहेको काङ्ग््रेस प्रदेश प्रचार विभाग प्रमुख नितेश गुप्ताले बताए ।