देशमा सर्वत्र निराशा र आक्रोश छ

प्रस, वीरगंज, १३ माघ/ पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले देशमा अहिले सर्वत्र निराशा र आक्रोश बढेको बताएका छन् । वीरगंजमा बिपी उद्यानको लालबङ्गलामा शनिवार आयोजित नागरिक अभिनन्दन समारोहमा विभिन्न सङ्घसंस्थाबाट अभिनन्दनपत्र ग्रहण गरेपछि उनले देशको सर्वाङ्गीण उन्नति होस् र भेदभावरहित वातावरणमा देशको भलो होस् भनेर जनताले सोच्नुपर्ने बेला आएको बताए । पूर्वराजा शाहले देशलाई अप्ठेरो परेको […]

जरिवाना माफ भएपछि यातायात वीरगंजको राजस्व

प्रस, परवानीपुर, १२ माघ/ मधेस प्रदेश सरकारले चालू आव २०८०–८१ को लागि सवारीसाधनको ब्ल्युबूक नवीकरणमा जरिवाना माफ गरेपछि यातायात व्यवस्था कार्यालयको राजस्वमा वृद्धि भएको छ । वर्षौंदेखि ब्ल्युबूक नवीकरण नभएका सवारीसाधनहरूको ब्ल्युबूक नवीकरण गराउँदा जरिवाना नलाग्ने नीति प्रदेश सरकारले लिएपछि यातायात व्यवस्था कार्यालय, वीरगंजको राजस्व वृद्धि भएको हो । चालू आव २०८०/८१ को साउनदेखि पुस […]

ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई कम्बल वितरण

प्रस, वीरगंज, १३ माघ/ वीरगंज महानगरपालिका–५ वडा कार्यालयले शनिवार वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गहरूलाई कम्बल, वाकर, लौरो वितरण गरेको वडाध्यक्ष प्रदीप चौरसियाले बताए । उनले ज्येष्ठ नागरिक सम्मान, हाम्रो अभियान अन्तर्गत सिर्जनशील आमा समूहको सहकार्यमा वडामा रहेका ६८ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई कम्बल र लौरो, अपाङ्गहरूलाई वाकर र कम्बल तथा एकल महिलाहरूलाई कम्बल वितरण […]

वित्तीय संस्थाले बीमाको क्षतिपूर्ति दिलाउन पहल नगरेको आरोप

प्रस, परवानीपुर, १२ माघ/ बारा, फेटा गाउँपालिका–१ भरवलियाकी गौदमियादेवी कुर्मिनको बीमाको क्षतिपूर्ति पाउन ढिलाइ भइरहेको परिवारजनको गुनासो छ । कुर्मिनले २०७८ कात्तिक १५ गते छिमेक लघुवित्त वित्तीय संस्था कलैया शाखाको भरवलिया ३३५८–४ (४) नम्बर गोलियाबाट १५ प्रतिशत ब्याजमा विनाधितो रु पाँच लाख कर्जा लिएकी थिइन् । सोही बेला वित्तीय संस्थाले सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीसँग सम्झौता […]

जाडो छल्न गापाद्वारा वडाहरूमा दाउरा वितरण

प्रस, सेढवा, १३ माघ/ जीराभवानी गाउँपालिका कार्यालयले शनिवार आगो बाल्नका लागि सबै वडामा दाउरा वितरण गरेको छ । निरन्तरको शीतलहरसँगै चीसो बढेर जनजीवन प्रभावित भएपछि आज जीराभवानी गापाले वडाका चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको गापाध्यक्ष अनोज चौधरीले बताए । चीसोका कारण हुने जोखिम न्यूनीकरणका लागि चोकचोकमा आगो बाल्न दाउरा वितरण गरिएको उनले बताए […]

दुईजना महिलासहित ७० जनाद्वारा रक्तदान

प्रस, वीरगंज, १३ माघ/ बाराको प्रसौनी गाउँपालिका कार्यालयद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए । कार्यक्रममा चन्द्रावती देवी, मरियम खातुन, धु्रव कुमार, अरमान मियाँ, राजेश महरा, प्रेम सिंह कुँवर, अमन कानू, नरेश महतो, दीपेन्द्र जयसवाल, रूपक दासलगायतले रक्तदान गरेका थिए ।

रङ्गपुर साझेदारी वनको अध्यक्षमा यादव निर्वाचित

प्रस, रौतहट, १३ माघ/ देशकै पहिलो रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहको साधारणसभा शनिवार गरुडा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय महमदपुरमा सम्पन्न भएको छ । प्रदेश सदस्य पूर्वराज्यमन्त्री नागेन्द्रप्रसाद यादवले जङ्गल छेउलगायत सम्पूर्ण समुदायको सहभागितामा समिति चयन गर्न सुझाव दिए । २२ वटा वडाबाट सहभागी रहेका प्रतिनिधिहरूलाई उनले चन्द्रपुर, गुजरा, वन बहुअरी, कटानी, रङ्गपुरलगायत दक्षिणतर्फका वडा प्रतिनिधिहरूको […]

भौतिकवादीहरूको जिल्ला भेला

प्रस, वीरगंज, १३ माघ/ भौतिकवादी समाज नेपालको प्रथम पर्सा जिल्ला भेला शनिवार सम्पन्न भएको छ । केन्द्रीय सदस्य प्रेम यादवको अध्यक्षतामा भएको भेलाले दिवाकर चौधरी दहितको अध्यक्षतामा नौ सदस्यीय आयोजक समिति गठन गरेको छ । समितिको सचिव रवीन्द्र रायभर, कोषाध्यक्ष नारद रेवानी र सदस्यहरू साजन यादव, अनीता परियारलगायत छन् । यसअघि भेलाको उद्घाटन गर्दै केन्द्रीय […]

सहयात्री सहकारी संस्थामा कागजपत्र चोरी

प्रस, पर्सागढी, १३ माघ/ पर्सागढी नगरपालिका–४ सबैयास्थित सहयात्री बचत तथा ऋण सहकारी संस्थामा गएराति चोरी भएको छ । संस्थाको मेनगेटको ताल्चा तोडिएको अवस्थामा देखेका लेखापाल सञ्जय परियारले प्रहरी चौकी बडनिहारमा खबर गरेका थिए । प्रहरीले अनुसन्धानबाट चोरहरूले पहिला स्थानीय वर्कशपमा चोरी गरी ताला फुटाएर हथौडा, छेनी, रड चोरी गरेको र पछि सहकारीको गेट तोडेर चोरी […]

पुरानो बसपार्कमा वृक्षारोपण

प्रस, वीरगंज, १३ माघ/ वीरगंज महानगरपालिका–१० आदर्शनगरमा शनिवार वृक्षारोपण गरिएको छ । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र ग्रीनसिटी समुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा वीरगंज–१० आदर्शनगरस्थित पुरानो बसपार्कमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा सहभागीहरूले १२५ थान विभिन्न जातका बिरुवा रोपेका थिए । पर्साका प्रहरी उपरीक्षक कोमल शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।