प्रस, वीरगंज, १३ माघ/
वीरगंज महानगरपालिका–१० आदर्शनगरमा शनिवार वृक्षारोपण गरिएको छ । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र ग्रीनसिटी समुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा वीरगंज–१० आदर्शनगरस्थित पुरानो बसपार्कमा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले १२५ थान विभिन्न जातका बिरुवा रोपेका थिए । पर्साका प्रहरी उपरीक्षक कोमल शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महावाणिज्यदूत देवीसहाय मीणा, ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतान, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह, ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडा, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन ठकुराईलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here