• डा शिवशङ्कर यादव
पाठकवृन्द, अङ्ग्रेजीमा मनोविज्ञान बुझाउने दुई शब्द छन्– साइकोलोजी र साइकियाट्री । दुवै शब्दमा भारी अन्तर छ । साइकोलोजी मनोविज्ञानको सामान्य अध्ययन हो । यो साधारणतः जोकोहीले पढ्न सक्छ । उपचारमा हात हFल्नको लागि पिएचडी गर्नुपर्छ । तर साइकियाट्री ती सबै नर्मल र अब्नार्मिलिटीसमेतको अध्ययन गरेर उपचार पनि गर्ने विज्ञान हो । त्यसैले साइकियाट्री एउटा चिकित्सकले मात्र पढ्न सक्छ, अरूले सक्दैन । औषधि लेखेर उपचार गर्ने अधिकार साइकोलाजिस्टलाई हुँदैन तर साइकियाट्रिस्टलाई यो अधिकार प्राप्त हुन्छ । साइकोलोजिस्टले मनोविश्लेषण मात्र गर्छ, साइकियाट्रिस्टले उपचार पनि गर्छ । यही कारण हो कि यस लेखको शीर्षक बालमनोविज्ञान र चाइल्ड साइकियाट्री राखेको छु । अब आउनुस् यसै आलोकमा बालमनोविज्ञानबारे जानौं । बालमनोविज्ञान र विकासको वर्णन पहिलेको अङ्कमा प्रशस्त भइसकेको छ । अब केवल विकृतिको वर्णन हुनेछ । धेरै मनोविकृतिको शुरूआत बचपनदेखि शुरू हुन्छ जुन निम्नलिखित शीर्षकहरूमा व्यक्त गर्न सकिन्छ । यथा–
१. मेन्टल रिटार्डेशन जसको वर्णन गताङ्कमा भइसकेको छ । २. स्पेसिफिक डेभलपमेन्टल डिजार्डर वा खास विकासको विकृति ३. परभैसिभ डेभलपमेन्टल डिजार्डर वा बालविकासको व्यापक विकृति ४. हाईपरकाईनेटिक डिजार्डर वा अत्यधिक चञ्चलता र बेचैनीको विकृति ५.कंडक्ट डिजार्डर वा चालचलनको विकृति ६. टिक डिजार्डर वा अनुहार वा अर्को अङ्गको स्वचालित विकृति । ७. एन्युरेसिस वा इन्कोप्रेसिस वा जहाँतहाँ पिसाप र मलत्याग गर्ने विकृति ८. स्पिच डिजार्डर वा बोलीको विकृति ८. हैबिट डिजार्डर वा बानीको विकृति ९. अदर डिजार्डर वा अन्य विकृतिहरू जसमा आउँछन : क. इन्फेन्टाइल र चाइल्डहुड आटिज्म ख. चाइल्डहुड सिजोफ्रेनिया वा बाल सिजोफ्रेनिया ग. मुड डिजार्डर र घ. अर्गेनिक साइकियाट्रिक डिजार्डर वा शारीरिक रोगको कारणले हुने विकृति । अब आउनुस एक–एकको सङ्क्षिप्त वर्णन गरौं । पहिलो नम्बरमा जुन मेन्टल रिटार्डेशनको वर्णन गताङ्कमा भइसकेको छ, जसमा लगभग सबै किसिमको कार्यको विकृति हन्छ ।
खास विकासको विकृति : .स्पेसिफिकमा खासखास क्षमतामा मात्र -हास हुन्छ, जस्तै क.स्पेसिफिक रिडिंग डिजार्डर जसलाई डिसलेक्सिया वा डेभलपमेन्टल रिडिङ डिजार्डर पनि भनिन्छ । यसमा बच्चाको पढ्ने क्षमताको विकास ढिलोगरी हुन्छ । ऊ बिल्कुलै पढ्न सक्दैन वा तोडमरोड गरेर पढ्छ वा शब्दलाई घटाइदिन्छ । यसको अतिरिक्त पढ्नमा धेरै अलमलिने, शब्दको विपरीत शब्द भन्ने वा सुस्त वाचन मात्र गर्ने विकृतिहरू हुन्छन् । यस्ता बच्चाको लेखावट र स्पेलिङ पनि कमजोर हुन्छ । ख. स्पेसिफिक अर्थमेटिक डिजार्डरः यसलाई डेभलपमेन्टल अर्थमेटिक वा मैथेमेटिकल डिजार्डर वा डिसकैलकुलिन पनि भनिन्छ । यसमा बच्चा आप्mनो मानसिक उमेरभन्दा तलको लेभलमा त ठीक हुन्छ तर त्यसपछि गा-हो हुन्छ जसमा आउँछ– हिसाबका विधि बुझ्न नसक्ने, मैथका सूत्र र नम्बर नबुझ्ने, मैथेमेटिकल कौशल नहुने, मैथेमेटिकल टेबुल पढ्न कठिनाई हुने आदि ।
स्पेसिफिक डेभलपमेन्टल डिजार्डर अफ स्पीच एन्ड लंग्वेज : यसलाई कम्युनिकेसन डिजार्डर, डेभलपमेन्टल लंग्वेज डिजार्डर वा डिसफेजिया पनि भनिन्छ, जुन तीन प्रकारको हुन्छ अ.पैथालाजिकल वा फोनोलाजिकल डिजार्डर : पाठकवृन्दले देखेको हुनुपर्छ कि कुनैकुनै बच्चाले रैबिटलाई बैबिट, ब्लूलाई बु र कारलाई का मात्र भन्छ । यही हो फोनोलोजिकल डिजार्डर जसमा बच्चा कि अड्कीअड्की बोल्छ, कुनै शब्दको गलत उच्चारण गर्छ वा कुनैकुनै शब्द छाडेर बोल्छ । यो तोते बोली बोल्ने उमेरसम्म त ठीक छ तर त्यसपछि पनि रहिरह्यो भने त्यो डिजार्डर हो । यसलाई अङ्ग्रेजीमा डिसलैलिया पनि भनिन्छ, जसमा भनाइ र उच्चारण बुझ्न कठिनाई हुन्छ । आ. एक्सप्रेसिभ लंग्वेज डिजार्डर– यसमा बच्चा कुनै कुरा राम्ररी व्यक्त गर्न नसक्ने हुन्छ किनभने उसको शब्दसूची अपूरो र ग्रामरको ज्ञान कच्चा हुन्छ । ऊ आत्तिएर अल्याङमलाङ बोल्छ । अर्थात् बच्चाले आप्mनो कुरा अभिव्यक्त गर्न सक्दैन । इ. रिसेप्टिभ लंग्वेज डिजार्डर : यसको मतलब हुन्छ–बच्चा कुनै वाक्य वा कुरा बुझ्न पनि सक्दैन र व्यक्त गर्न पनि सक्दैन । अर्थात् कसैको कुरा ग्रहण गर्न पनि नसक्ने र व्यक्त गर्न पनि नसक्ने । यस कारण यसलाई रिसेप्टिभ एन्ड एक्सप्रेसिभ डिजार्डर पनि भनिन्छ । यसलाई बहिरोपना र परभेसिभ मेन्टल रिटार्डेशनबाट छुट्याउनु जरूरी हुन्छ । स्पेसिफिक डिजार्डर अफ मोटर फंक्सन : यसमा राम्ररी लुगा लगाउन नसक्ने र ठीकसँग चल्न पनि नसक्ने, खान र खेल्न पनि उचित तरीकाले नसक्ने अदि आउँछ । अर्थात् दैनिक काम पनि ठीक सँग गर्न पूर्ण सफल हुँदैन किनभने यी कामहरू विभिन्न मांसपेशीको सम्मिलित सहयोगले हुन्छ र यही सहयोग बच्चामा हुँदैन । यस कारण यसलाई मोटर स्कील डिजार्डर, कोअर्डिनेटिभ डिजार्डर क्लमसी चाइल्ड सिंड्रोम वा मोटर डिसप्रेक्सिया पनि भनिन्छ । उपरोक्त सबै डिजार्डरको उपचार विशेष वा स्पेसिफिक प्रविधिले गरिन्छ । अर्थात् जेजे कुराको कमी छ, त्यसैमा केन्द्रित रहेर ट्रेनिङ दिने काम हुन्छ । यसको अतिरिक्त मांसपेशीको ट्रेनिङ भावुकताको लागि विहेवियर थिरैपीको साथ बच्चाका मातापितालाई उचित दिशानिर्देश गरिन्छ ।
परभेसिभ डेभलपमेन्टल वा विकासको व्यापक विकृति : शायद अटिज्मको नाम पाठकवृन्दले सुनेको हुनुपर्छ । यसैलाई परभेसिभ डेभलपमेन्टल डिजार्डर पनि भनिन्छ । यसको, सर्वप्रथम लियो केनरले १९४३ मा पत्ता लगाएका थिए र त्यसलाई अटोस्टिक डिजार्डर भनेका थिए । यो प्रायः साढे दुई वर्षमा पहिलोपटक देखिन्छ । जुन बच्चामा यो साढे दुई वर्षपछि देखिन्छ, त्यसलाई चाइल्डहूड अटिज्म भनिन्छ । तर दुवैमा कुनै फरक हुँदैन । यसका लक्षणहरू निम्नलिखित छन् ः बच्चामा सामाजिक र स्वयंको क्रियाकलापको कडा र धेरै मात्रामा कमी देखिन्छ जसमा पर्छ ः मुस्कुराहट पटक्कै नहुने, आँखा जुधाएर कुरा गर्न नसक्ने, छेउको अस्तित्वप्रति सचेत नरहने र मान्छेलाई पनि फर्निचरझैं बुझ्ने, मातापितासित कुनै सम्बन्ध महसूस नगर्ने र मातापिताबाट अलग गरियो भने पनि चिन्ता वा अलगाव महसूस नगर्ने, बिल्कुलै नखेल्ने वा एक्लै खेल्ने तथा खेल्यो भने गडबड गरी खेल्ने, मित्र बनाउन नसक्ने, अघि सरेर कुनै काम नगर्ने जसलाई लैक अफ इनिसिएटिभ भनिन्छ । अगाडि खतरा भए पनि डर नमान्ने । दोस्रोमा आउँछ भाषा र शिक्षामा उल्लेख्य कमी र शब्दविनाको व्यवहार तथा गतिविधिमा पनि भारी कमी । जस अन्तर्गत हुन्छ : आवाजको कुनै वाक्य वा अनुहारको कुनै भावले प्रतिक्रिया नदिने जसले बच्चा बहिरो हो कि भन्ने भ्रम हुन्छ । शैशवावस्थामा मुखबाट कुनै आवाज ननिकाल्ने, बोलीको विकास बिल्कुलै नहुने वा धेरै अबेरले हुने ।
अटिज्म भएका ५० प्रतिशत बच्चा कहिले पनि बोल्न सक्दैनन्, कुनै विषय वाक्यको विधि असामान्य हुनुको साथै एउटा शब्दमा नै अल्झिरहने र धेरै प्रयत्न गरे पनि भन्न नसक्ने तर रटेर सङ्ग्रहित स्मरण राम्रो रहन्छ, आदर्श विचारको कमी हुने । तेस्रो असामान्य बानीहरू जसमा आउँछ–विचित्र प्रकारको व्यवहार, एकोहोरो शिर झटकारेर, शरीर बङ्ग्याएर, हात चम्काएर वा झटकारेर, कुम हल्लाएर, काँध चल्मलाएर, हात घुमाएर वा ताली बजाएर कुरा व्यक्त गने, धर्मान्धता, कम्पल्सिभ व्यवहार, हलुको परिवर्तन पनि सहन नगरी विरोध गर्ने, आप्mनै वरपरको कुरामा बढी अनुराग राख्ने र बढी चञ्चल हुने आदि । चौथोमा आउँछ– मेन्टल रिटार्डेशन जसमा केवल २५ प्रतिशतको मात्र आइक्यु ७० भन्दा बढी हुन्छ । ५० भन्दा बढी प्रतिशतमा कडा र व्यापक मेन्टल रिटार्डेशन हुन्छ । यसको कडापनको अनुपातमा रोगीमा बोल्न नसक्ने र छारे रोगको घटना पाइन्छ । पाँचौंमा अन्य लक्षण देखिन्छ, जसमा धेरै यस्ता बच्चा सङ्गीतको आनन्द लिन उत्कण्ठित हुन्छन्, कम गर्न कडा कमी भए पनि कसैकसैमा आश्चर्यजनकरूपले गणना गर्न सक्ने र सङ्गीतमा समयपूर्व नै परिपक्वता हासिल गर्छन् र महान् सङ्गीतकार पनि बनेका छन्, जसलाई इडियोसेभेन्ट सिंड्रोम भनिन्छ । जेम्स डर्विन अमेरिकाका राक सिंगर, मोजार्ट र बिथोबेन र केही मात्रामा आइन्सटीन पनि आटिस्टिक थिए । जसमा आइक्यु ५० भन्दा कम हुन्छ उसमा छारे रोग सामान्य कुरा हो । साढे दुई वर्षभन्दा पहिले अटिज्म भएको छ भने केवल १ वा २ प्रतिशतले मात्र सामान्य वैवाहिक, सामाजिक वा व्यावसायिक जीवन नजीक पुग्छन् । ७० प्रतिशतले केवल अर्काको सहयोगमा जीवन निर्वाह गर्नुपर्छ ।
अटिज्म हुने कारण : पहिले के भनिन्थ्यो भने अटिज्म बालकलाई आमाको उपेक्षाबाट हुन्छ जसलाई सर्वप्रथम १९५० मा लियो केनरले प्रकाशमा ल्याए । तर आजभोलि जैविक कारण बढी जिम्मेदार हुन्छ भने देखिएको छ, जसमा अवाञ्छित सिजेरियन अपरेशन, प्रसव गराउन अवाञ्छित र अनुचित औजारको प्रयोग, छारे रोग, आमालाई डायबिटिज वा उच्च रक्तचाप र सिरेटोनिनको अधिकता भएमा ।
उपचार : अटिज्ममा औषधि धेरै जरूरी हुन्छ किनभने यसमा मृगी पनि अवश्य हुने गर्छ जुन औषधिबाहेक केहीले सुन्दैन । अटिज्मको उपचारका तीन विधि छन् : १. व्यवहार चिकित्सा २. मनोचिकित्सा र ३ भेषज अथवा औषधि चिकित्सा । पहिलोमा रोगीलाई एक खास र नियमित रूटिनमा हिंड्न लगाइन्छ जसमा थोरै मात्र परिवर्तन गर्न सकिन्छ । उसकै लागि स्पेसल क्लासरूम बनाइन्छ, जहाँ उसलाई नयाँ कुरा सिकाउने, प्रशिक्षणद्वारा सिकेका कुरा कसरी कायम राख्ने बताइन्छ । यसको अलावा बोल्ने प्रशिक्षण र चिह्नको भाषा पढाइन्छ । के हो चिह्नको भाषा ? ट्राफिकले दायाँबायाँ माथि, तल हार्न आदिको सडकमा चिह्न बनाएर देखाएको हुन्छ । त्यही हो चिह्नको भाषा । यसैलाई अलिकति विस्तार गरी रोगीलाई पढाइन्छ । यस अतिरिक्त कसरी अरूसँग व्यवहार गर्ने भनेर साहसिक बनाइन्छ । मनोचिकित्सा इन्फेन्टाइल अटिज्ममा प्रभावकारी हुँदैन तर पनि मातापिताको चिन्ता हटाउन केही सहयोगी–सल्लाह दिइन्छ जसले गर्दा मातापिताको संलग्नता जरूरी भएको महसूस होस् । औषधि चिकित्सामा : फेनप्mल्युरामिन प्रयोग गरिन्छ, जसले केटेकोलामाइन घटाउँछ, आइक्यु बढाउँछ र व्यावहारिक त्रुटि ठीक हुन मदत गर्छ । हेलोपेरिडोल नामक औषधिले डोपामिन घटाउँछ तथा चञ्चलता र व्यावहारिक कमी पनि कम गर्छ । अर्को औषधिमा क्लोरप्रोमाजिन आदि, मल्टिभिटामिन र ट्राइआयडोथायरोनिन, सफल नभए पनि दिनुपर्छ । एन्टिएपिलेप्टिक औषधि त अवश्यै प्रयोग गरिन्छ । क्रमशः