प्रस, निजगढ, ७ माघ/
निजगढ नगरपालिका–४ स्थित बागभैरव सामुुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा आइतवार मृत अवस्थामा चितुवा फेला परेको छ ।

सो वन समूह र जनजागृति सामुदायिक वन उपभोक्ता समूहको सिमानामा पर्ने जलोकी खोल्सीमा मृत अवस्थामा चितुुवा देखेको खबर पाएपछि उक्त स्थानमा आफूसहित वनका पदाधिकारीहरू पुगी सरोकारवाला निकाय तामागढी सबडिभिजन र डिभिजन वन कार्यालयमा खबर गरेको सो वन समूहका अध्यक्ष अमर स्याङ्तानले बताए ।

करीब सात फिट लम्बाइ र अढाई फिट उचाइ रहेको वृद्ध अवस्थाको सो चितुुवाको प्रकृति हेर्दा कालगतिले मृत्युु भएको देखिन आएको डिवका, बाराका प्रवक्ता जवाहरलालप्रसाद कुर्मीले बताए । सो मृत चितुवा कानूनी प्रक्रिया पूरा गरी डिवका परिसरमा गाडिएको कुर्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here