प्रस, सिम्रौनगढ, ६ माघ/
२३औं सशस्त्र प्रहरी दिवस–२०८० र सीमासँग सशस्त्र प्रहरी अवधारणा अन्तर्गत सिम्रौनगढ नगरपालिका–१ सशस्त्र प्रहरी बेस क्याम्पमा शनिवार निश्शुल्क स्वास्थ्य शिविर आयोजना र कपडा वितरण गरिएको छ ।
सशस्त्र प्रहरी नेपाल १२ नं हेडक्वार्टरको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख किशोरीप्रसाद कलवारले उद्घाटन गरेका थिए । एक दिने स्वास्थ्य शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो भने ४५० जना गरीबलाई न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबू कुशवाहा, वडाध्यक्षहरू अवधेश सहनी, नन्दकिशोरप्रसाद जयसवाल, विवेक मेहता, समाजसेवी रामबाबू कुशवाहालगायतको सहभागिता थियो ।