प्रस, वीरगंज, ६ माघ/
नारायणी त्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार दुईटा खेल सम्पन्न भए । ती खेलमा अल्पाइन स्कूल तथा ग्लोबल बिजनेश कलेज विजयी भएका छन् ।

आज सम्पन्न पहिलो खेलमा वीरगंज कलेजलाई ७५ रनअन्तरले पराजित गर्दै अल्पाइन विजयी भएको थियो । अल्पाइनले २० ओभरमा पाँच विकेट गुमाएर १६१ रन बनाएको थियो । अल्पाइनका अफरोज अन्सारीले ३९ र इशरार अहमदले ३४ रन बनाएका थिए भने वीरगंज कलेजका खगेन्द्र दासले तीन र सुरज पटेलले दुई विकेट लिएका थिए ।

१६६ रनको विजयी लक्ष्यसहित मैदानमा आएको वीरगंज कलेज १९ ओभरसम्ममा सबै विकेट गुमाएर ८६ रनमा सीमित भयो । वीरगंज कलेजका आदित्य पासवानले १८ र सन्देश बैठाले १६ रन बनाए भने अल्पाइनका रामप्रीत चौधरीले तीन र अफ्रिदी अन्सारीले दुई विकेट लिएका थिए । यस खेलमा ‘म्यान अफ दी म्याच’ अल्पाइनका अफ्रिदी अन्सारी घोषित भए ।

दोस्रो खेलमा ग्लोबल बिजनेश कलेज विजयी भयो । ग्लोबलले ज्ञानदालाई आठ विकेटअन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको ज्ञानदाले १५ ओभरसम्म सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्योे । ज्ञानदाका गुडु यादवले १४ र फैसल आजमले १० रन बनाए भने ग्लोबल बिजनेशका रोशनकुमार साह र विवेक यादवले तीन/तीन र आदर्श अधिकारीले दुई विकेट लिएका थिए । प्रतिउत्तरमा ग्लोबल बिजनेशले ९.१ ओभरमा दुई विकेट मात्र गुमाएर ५९ रन बनाइ जीत हासिल ग¥यो । ग्लोबल बिजनेशका विवेक यादव र सिकन्दर साहले क्रमशः २८ र१० रन बनाए भने ज्ञानदाका अजय सहनी र अफताब आलमले समान एक/एक विकेट लिएका थिए । यस खेलमा ग्लोबल बिजनेशका विवेक यादव ‘म्यान अफ दी’ म्याच घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here