मिर्गौलापीडित युवकलाई सहयोग माग
प्रस, परवानीपुर, १ माघ/ रौतहट जिल्ला, मौलापुर नगरपालिका–६ पथराबुधराम बस्ने १८ वर्षीय किशोर यादवको दुवै मिर्गौलाले काम गर्न छोडेको चिकित्सकहरूले बताएका छन् । उनको अहिले वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । हप्तामा एकपटक उनको डायलासिस भइरहेको परिवारजनले बताए । घरको आर्थिक अवस्था नाजुक रहेकोले उनले सहयोगको लागि अपील गरेका छन् । अविवाहित यादव फर्निचरको […]
मोटरसाइकल चोर पक्राउ
प्रस, पंचगावाँ, १ माघ/ पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकस्थित वीरगंज–ठोरी हुलाकी सडकखण्डबाट हिजो राति मोटरसाइकल चोरी गरी भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गापा–४ सुघपुरसोहरीका सुनील जोशीले प्र.२–०३–०२० प ८७८६ नम्बरको २०० सय सीसीको पल्सर मोटरसाइकल राखेर स्थानीय होटलमा खाजा खाइरहेका थिए । मोटरसाइकलको लक तोडेर जीराभवानी गापा–५ शङ्करसरैया निवासी अजित चौधरी र शङ्कर […]
सिम्रौनगढमा पशुबजारको उद्घाटन
प्रस, सिम्रौनगढ, १ माघ/ सिम्रौनगढ नगरपालिका–६ बानरगाछीमा सोमवार पशु बजारको उद्घाटन भएको छ । वर्षौंदेखि लाग्दै आएको गोरु बजार एक दशकदेखि बन्द थियो । बन्द बजारलाई सुधार गरी थप पाडा, पाडी, भैंसी, गाई, गोरु, खसी, बाख्रा, भेंडालगायतका चौपाया बिक्री गर्न पशु बजार शुरू गरिएको छ । वडाध्यक्ष नन्दकिशोर जयसवालले पशु बजारको उद्घाटन गरेका थिए । […]
एनआई टी–२० कप : आयोजक र हेटौंडा स्कूल विजयी
प्रस, वीरगंज, १ माघ/ नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप टी–२० क्रिकेटमा सोमवार भएका दुई खेलमा आयोजक नेशनल इन्फोटेक कलेज र हेटौंडा स्कूल विजयी भएका छन् । पहिलो खेलमा एनआईले सेन्ट जेभियर्सलाई ९१ रनले पराजित गरेको थियो । १२७ रनको लक्ष्य पछ्याएको सेन्ट जेभियर्सले सबै विकेट गुमाएर ३७ रन मात्र बनाएपछि आयोजक नेशनल […]
बजेट अर्धवार्षिक समीक्षा आम्दानी ५१८ अर्ब, खर्च ५६६ अर्ब
काठमाडौं, १ माघ/रासस आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्म मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा बेहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत आम्दानी र ३२.३५ प्रतिशत खर्च भएको छ । […]
देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो
चितवन, १ माघ/रासस पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतवार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम शुरू भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र […]
माघे सङ्क्रान्ति–के र किन ?
• राजेन्द्रप्रसाद कोइराला माघे सङ्क्रान्ति पर्व, जसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ, नेपालको एक लोकप्रिय चाड हो । यो देशका जनताले मन खोलेर मनाउँछन् । त्यसैले यस अवसरमा सार्वजनिक बिदा दिइएको छ । यो माघ १ गते (नेपाली तिथि) मा पर्छ । मानिसहरू यस दिनलाई मौसमको सङ्क्रमणकाल र गर्मीलाई स्वागत गर्ने दिन मान्छन् । माघे सङ्क्रान्ति […]
डेडिकेटेड र ट्रङ्क लाइन विवाद
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन सेवा लिएर विद्युत् महसूल नतिरेका उद्योगहरूको लाइन काटेकोमा अहिले पुनः जडान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड र ट्रङ्क लाइन सेवा लिएर विद्युत् महसूल नतिरेका उद्योगहरूको लाइन काट्ने प्राधिकरणले सूचना जारी गरेपछि त्यस्ता उद्योगहरूको लाइन नकाट्न निर्देशन दिएका थिए । तर प्रधानमन्त्रीले केही दिनअघि डेडिकेटेड र ट्रङ्क […]