• राजेन्द्रप्रसाद कोइराला

माघे सङ्क्रान्ति पर्व, जसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ, नेपालको एक लोकप्रिय चाड हो । यो देशका जनताले मन खोलेर मनाउँछन् । त्यसैले यस अवसरमा सार्वजनिक बिदा दिइएको छ । यो माघ १ गते (नेपाली तिथि) मा पर्छ । मानिसहरू यस दिनलाई मौसमको सङ्क्रमणकाल र गर्मीलाई स्वागत गर्ने दिन मान्छन् । माघे सङ्क्रान्ति पर्व प्रकाशको दूत–सूर्यलाई समर्पित पर्व हो । यसलाई शक्ति र बुद्धिको प्रतीक पनि भनिन्छ । नेपालमा माघे सङ्क्रान्तिको समयमा धेरैजसो घरमा देख्न पाइने चाकु, तिल्को लड््डू, तरूल र घीउ खाने गर्छन् ।

यस दिन मानिसहरू नदीमा नुहाउन पनि जान्छन् । देवघाट, दोलालघाट, बराहा क्षेत्र, रिडी (कालीगण्डकी नदी), त्रिवेणीघाटमा रहेको साँचीतीर्थलगायत नदीहरू आध्यात्मिक उद्देश्यले नुहाउनका लागि प्रसिद्ध छन् । भारतबाट धेरै भक्तजन यहाँ पवित्र स्नान गर्न आउँछन् । तराई क्षेत्रका समुदायमाझ अत्यधिक लोकप्रिय भएकोले यसलाई धुमधामसँग मनाइन्छ । यो पर्व कतिपय समुदायको रोपाइँपछिको उत्सव पनि हो । अझ भनौं गणतन्त्रको आगमनसँगै देशमा सबै किसिमका चाडपर्वहरू उत्तिकै महŒवका साथ मनाउन थालिएको छ । सयौ थुङ्गा पूmलका हामी एउटै माला … त्यसैको जगमा रहेर व्याकुल माइलाले रचेको राष्ट्रिय गीत हो ।

माघे सङ्क्रान्ति पर्वलाई हिउँद सङ्क्रान्तिको अन्त्यको रूपमा पनि मनाइन्छ । जाडोको चीसोको समाप्ति हुने र माघे सङ्क्रान्तिपछि मौसम न्यानो हुन थाल्छ । यो विक्रम संवत्को दशौं महीनाको पहिलो दिन हो । नेपाल र भारतमा हिन्दूहरूले व्यापकरूपमा मनाउने माघे सङ्क्रान्ति पर्व, ठूलो धार्मिक महŒव बोकेको लोकप्रिय चाडहरूमध्ये एक हो । यो जीवन्त पर्व मनाउन नेपाल र भारतका विभिन्न क्षेत्रहरूमा धेरै कार्यक्रमहरू भोजहरू आयोजना गरिन्छ ।

थारू समुदायको माघी पर्व :
माघे सङ्क्रान्तिलाई माघी पनि भनिन्छ । माघी नेपाली थारू समुदायको नयाँ वर्ष हो । यसलाई नेपालको राष्ट्रिय चाड पनि घोषणा गरिएको छ । थारू समुदायले यसलाई आप्mनो परिवारसँग मिलेर मनाउने, नयाँ कपडा लगाएर, नाचगान गरेर स्वादिष्ट भोजन गरी मनाउने गर्छन् ।

परम्परागतरूपमा, थारूहरूले माघीमा पूरै वर्षको लागि योजना बनाउँछन् । परिवारका प्रत्येक सदस्यलाई जिम्मेवारी दिइएको हुन्छ । परिवारको कुनै सदस्यले गल्ती गरेमा, यस दिन मुद्दाको चर्चा हुन्छ । र कसैको कार्यसम्पादनबाट कोही सन्तुष्ट नभए पनि एक वर्षसम्म आप्mनो जिम्मेवारी पूरा गर्नुपर्छ । त्यसैगरी मगर समुदायले पनि यसलाई नयाँ वर्षको शुरूआतको रूपमा मनाउने गर्दछन् ।

काठमाडौंको टुँडिखेल भ्रमण
मानिसहरूले विभिन्न सांस्कृतिक कार्यक्रम र भोजहरू आयोजना गर्छन् ।. सडकमा स्थानीय खानाहरूको प्रदर्शनी र गुँड, घीउ, आलु, कासवा आदि खाने गर्छन् । धार्मिक महŒवका नदीहरू (जस्तै त्रिवेणी, बागमती, महाकाली आदि) भ्रमण गर्ने चलन छ ।

–देवघाट, चितवनमा पवित्र स्नान गर्ने रितिरिवाज छ र थारू समुदायले स्थानीय भोजहरूमा हर्सोल्लासका साथ भाग लिने गर्छन् ।

–नुवाकोटको तारूका गाउँमा गोरुको लडाइँ प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारूका गाउँले गोरुको लडाइँ आयोजना गर्ने गरेको छ । आजको दिन मर्ने व्यक्तिले विनापीडा सीधै स्वर्ग जाने र पुनर्जन्म पाउने सुन्दा पनि अचम्म लाग्ने जनविश्वास रहेको छ ।

यस पर्वमा स्थानीय बासिन्दाको भीडमा माघे सङ्क्रान्तिको महान् पर्व मनाइन्छ । नुवाकोटको तारुका गाउँमा सहभागी गोरुहरूलाई लडाइँ अघि राम्ररी तयार गरिन्छ र ठूलो भीडले उत्साहपूर्वक साढेको लडाइँ अवलोकन गर्ने गर्छन् । यो बुलफाइटिंग उत्सव १८ औं शताब्दीको अन्तमा देखा परेको मानिन्छ । यो दुई शताब्दीभन्दा लामो साँढेको लडाइँको अभ्यास अत्यधिक प्रशंसनीय छ किनभने यो उत्सव वार्षिक पशु खेलको रूपमा मनाइन्छ । यो गोरुहरूको लडाइँ गराउने उत्सवलाई हामीले अन्तर्राष्ट्रियकरण गर्न सकेमा कत्ती राम्रो हुने थियो होला । नेपालमा माघे सङ्क्रान्ति नेपालको पहाडी क्षेत्रमा पनि धुमधामले मनाइन्छ ।

नेपाल, जीवनमा एकपटक घुम्नैपर्ने देशमध्ये एक हो । प्रकृतिको रसास्वादन गर्ने अनुपमा स्थान हो नेपाल । यहाँ धेरै ठाउँ, दर्शनीयस्थल र गतिविधि हुन्छन् जुन धेरै आकर्षक, प्राचीन, ऐतिहासिक र साहसिक छन् । कोही पनि यसबाट मन्त्रमुग्ध नभई रहन सक्दैन । हामी विभिन्न संस्कृति, सम्पदा र सामाजिक सद्भावहरू फेला पार्न सक्छौं जुन संसारभर प्रसिद्ध छ ।

नेपालका मानिसहरू सबैभन्दा वफादार र सहयोगी पाइन्छन् । उनीहरूमा आतिथ्यताको भावना हुन्छ । विभिन्न जातका मानिसहरू भए पनि सहयोग गर्न सधैं अघि सर्छन् ।

नेपालमा माघे सङ्क्रान्तिका भोजहरू:
कालो चना र मसलासहितको चामलले बनेको खिचडी माघे सङ्क्रान्तिको प्रमुख परिकार हो । विवाहित छोरीहरूलाई आमाबाबुले आमन्त्रित गरेर परिवारको कल्याणको लागि भोजको आयोजना गर्छन् । ब्राह्मण र क्षत्री परिवारमा छोरीको ठूलो महŒव हुन्छ । कतिपयले माघ महीनाभरि मासु खाँदैनन् । हुनत इन्डो–आर्यन समुदायमा प्रायः शाकाहारी भोज नै लोकप्रिय हुन्छ ।

नेवार समुदायले यो पर्वलाई घ्यो चाकु र सन्ल्हु नामले मनाउने गर्छन् । नेवार समुदायमा यो पर्व परिवारमा दिवङ्गत आत्माको सम्झना र आप्mना प्रियजनसँग समय बिताउने अवसरका रूपमा लिइन्छ । माघे सङ्क्रान्ति पर्वलाई कहिलेकाहीं उत्तरायण पनि भनिन्छ । यस समयमा सूर्यको गति उत्तरी भागतर्फ आउन शुरू हुन्छ । त्यसैले उत्तरायणको नामले पनि प्रचलित छ । नेपालका केही भागमा माघे सङ्क्रान्ति मकर सङ्क्रान्तिको नामले पनि प्रचलित छ । मकर एउटा राशि हो । सूर्य मकर राशिमा प्रवेश गर्ने विश्वास लिइन्छ जसले जाडोको अन्त्य र तापमानमा केही वृद्धिसँगै लामो दिनको शुरूआत हुन्छ ।

सङ्क्रान्ति, धार्मिक महाकाव्य अनुसार एक देवता हुन् । सङ्क्रान्तिमा शङ्करासुर नामक राक्षसलाई मारेको किंबदन्ती छ, त्यसैले मकर सङ्क्रान्तिको भोलिपल्टलाई करिदिन वा किंक्रांत भनिन्छ । देवीले दुष्ट किंकरासुरको वध गरेको दिन मानिन्छ । यो दुष्ट शक्तिमाथि विजय प्राप्त गर्ने पर्व पनि हो र यस दिन मानिसहरूले नयाँ योजनाको सङ्कल्प गर्नाका साथै दानवी बानी छाड्ने सङ्कल्प गर्छन् ।

पर्सा जिल्लाको कुरा गर्ने हो भने यसपाली २६४८ औं माघी थारू समुदायले नयाँ वर्षको रूपमा पर्सा जिल्लाको पाँच ठाउँमा धुमधामसँग मनाउने तयारी गरेको छ । वीरगंजको आदर्शनगरस्थित मैदानमा मनाउने जानकारी मूल माघी समारोहका प्रणेता शेखर चौधरीले दिएका छन् । घण्टाघरबाट झाँकीसहित ¥याली निकाल्ने र रक्तदानको कार्यक्रम आयोजना गर्ने निधो गरिएको छ । त्यसैगरी पटेर्वासुगौली, जीराभवानी, पर्सागढी नगरपालिकाको बढनियार, सखुवापरसौनी आदि ठाउँका थारूहरूले भव्यरूपमा माघी मनाउने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here