विन्ध्यवासिनी पूर्णखोप गापा घोषणा
प्रस, परवानीपुर, २ माघ/ विन्ध्यवासिनी गाउँपालिका मङ्गलवार पूर्णखोप घोषणा भएको छ । प्रसौनीभाठास्थित मसरुर पब्लिक स्कूलमा आयोजित समारोहमा जिल्ला समन्वय समिति, पर्साका सभापति एवं जिल्ला खोप समन्वय समिति, पर्साका संयोजक निरञ्जनसाह सोनार र प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले संयुक्तरूपमा पूर्णखोप घोषणा गर्दै गापा अध्यक्ष प्रमोद तिवारीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा खोप समितिका संयोजक […]
टेक्सासमा थारू समाजले नयाँ वर्ष मनायो
प्रस, सेढवा, २ माघ/ संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा टेक्सास थारू समाजले थारू संवत् २६४८ मनाउनुका साथै दोस्रो साधारणसभा सम्पन्न गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष शशिकपूर चौधरीको अध्यक्षता तथा थारूविज्ञ प्रेमनारायण चौधरीको प्रमुख आतिथ्यमा नयाँ वर्ष र साधारणसभा मनाइएको थियो । कार्यक्रममा दीपक दीप, करिश्मा चौधरी, दिनेश चौधरी, दिव्या अनुपमा चौधरी र महेश चौधरीले […]
एनआई कप टी–२० : हेटौंडा र नेशनल इन्फोटेक विजयी
प्रस, वीरगंज, २ माघ/ नारायणी क्रिकेट मैदानमा जारी नेशनल एकेडेमी (एनआई) कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको पहिलो खेलमा हेटौंडा स्कूल अफ कलेजले वीरगंज कलेजलाई ७२ रनअन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै हेटौंडा स्कूल अफ कलेजले २० ओभरमा तीन विकेट गुमाएर १६३ रन बनाएको थियो । हेटौंडाका ज्ञानेन्द्र कुशवाहाले ५२ […]
राष्ट्रिय मेलमिलाप दिवसको निहितार्थ
• विनोद गुप्ता पञ्चायतकालमा बढ्दो वैदेशिक चलखेलका कारण दबाबमा परेका राजाले २०१३ सालतिर सम्पूर्ण नेपालीलाई बैरभाव त्यागगरी राष्ट्र उत्थानको लागि हातेमालो गर्न आह्वान गरेका थिए । त्यसलाई नेपाली जनमानसले बेलायतमा अध्ययन गरेका राजाको सोच फराकिलो रहेकोले पञ्चायतलाई उदार स्वरूप दिन यस्तो आह्वान भएको भनेर अथ्र्याएको पाइन्छ । सन् १९७२ मा म कामविशेषले दिल्ली जानुपर्ने भयो […]
महसूल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
वीरगंज (पर्सा), २ माघ/रासस नेपाल खोनेपानी संस्थानले वीरगंज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेका २७८ वटा धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसूलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको मुहान सुकेर पानीको समस्या भएका बेला महानगरपालिकाले महसूल भुक्तानी गर्नेगरी […]
कोरोना उहिले र अहिले
चार वर्ष अघि संसारै ठप्प पारेको कोरोनाको नयाँ भेरियन्टले अहिले फेरि दुई ठूला देशबीचमा रहेको हाम्रो देश नेपालमा त्रासदी फैलाउँदैछ । जनसङ्ख्या र आर्थिक समृद्धिमा विश्वमा दोस्रो स्थानमा रहेको चीन र विश्वमैं सबैभन्दा बढी जनसङ्ख्या रहेको भारतमा अहिले कोरोनाको नयाँ भेरियन्टका सङ्क्रमितहरू देखिएका छन । जनसङ्ख्यामा धनी भारत र चीनको बीचमा रहेको हाम्रो देश भने […]
अब सासबाट अनलक हुन्छ तपाईंको स्मार्टफोन
भारतीय वैज्ञानिकले दाबी गर्दै भनेका छन्– सास फेर्ने क्रममा हावामा उत्पन्न हुने अशान्तिले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्छ । यसको मतलब हो कि स्मार्टफोन र अन्य डिभाइसलाई त्यस मुभमेन्टबाट अनलक गर्न सकिन्छ । यसको सबैभन्दा ठूलो फाइदा यो हुन्छ कि मृत व्यक्तिको निजी ग्याजेट अनलक हुनेछैन । भारतीय प्रोद्यौगिक संस्थान चेन्नईका महेश पञ्चाग्नुला […]
औषधि खानुभन्दा अघि वा पछि कफी सेवन गर्नुहुन्छ ?
अधिकांश व्यक्तिको बानी नै परिसकेको छ, बिहान उठ्नेबित्तिकै चिया या कफी पिउने । तपाईं यदि स्वस्थ हुनुहुन्छ भने सामान्यतया एक/दुर्ई कप कफीले कुनै नोक्सान पु¥याउँदैन तर यदि तपाईं बिरामी हुनुहुन्छ भने र बिहान उठ्नेबित्तिकै कफी या चिया सेवन गर्नुहुन्छ र त्यसपछि औषधि खानुहुन्छ भने औषधिले कुनै असर गर्दैन । किनभने कफीमा पाइने कैफिनले औषधिको असर […]
नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
भरतपुर (चितवन), २ माघ/रासस नारायणगढ–मुग्लिन सडकखण्डका तीनवटा पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल मङ्गलवारदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे […]
अस्पतालमै हराउँछ विरामीको फाइल
चितवन, २ माघ/रासस भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षण त्यो फाइलमा थपिंदै जान्छन् । फाइलमा भएको इतिहास (हिस्ट्री) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् । यो […]