अन्नपूर्णा दूग्ध सहकारीको अध्यक्षमा भण्डारी

बलिराम शुक्ला, बिरुवागुठी, २८ पुस/ पर्सागढी नगरपालिका–३ स्थित अन्नपूर्णा दुग्ध उत्पादक सहकारी संस्था लिको अध्यक्ष पदको लागि शुक्रवार भएको निर्वाचनमा मीनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले २०० मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी तोयनाथ पौडेलले १२० मत ल्याएका थिए । ४५८ सेयर सदस्य मत रहेकोमा ३२१ मत खसेको र एक मत […]

ठोरीमा सशक्तीकरण कार्यक्रम

धर्मेन्द्र चौरसिया, पोखरिया, २७ पुस/ ठोरी गाउँपालिका–५ को आयोजनामा लागू औषध नियन्त्रण तथा महिला सशक्तीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी रामबहादुर पाली बोगटीले युवा लागू औषध नियन्त्रणसम्बन्धी र ठोरी गापाका सामाजिक विकास अधिकृत धर्मराज थापाले महिला सशक्तीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए । वडाध्यक्ष अष्टबहादुर लोप्चनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू मैते […]

पोखरियामा टावर ध्वजाको शिलान्यास

प्रस, पोखरिया, २८ पुस/ पोखरिया नगरपालिका–९ स्थित हलुमान मन्दिरमा टावरध्वजाको एक कार्यक्रमका बीच शनिवार शिलान्यास गरिएको छ । पोखरिया नगरपालिकाका उपप्रमुख रूबी ठाकुरले टावरध्वजाको शिलान्यास गरेकी थिइन् । नपाको रु चार लाखको लागतमा १०१ फिटको उचाइँमा ध्वजा निर्माण हुन लागेको उपप्रमुख ठाकुरले बताइन् । उनले गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिंदै सो कामको निगरानी […]

सिद्धार्थ माविमा वृक्षारोपण

प्रस, वीरगंज, २८ पुस/ नेशनल हेल्थ क्रोप्स नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले सिद्धार्थ माविमा रहेको आशा किरण केन्द्रमा शनिवार वृक्ष्Fारोपण गरेका छन् । क्रोप्सका अमितचन्द ठकुरीले ५० वटा बिरुवा रोपिएको बताए । उनले ग्रीनसिटी सामुदायिक केन्द्रले बिरुवा उपलब्ध गराएको छ र आज आशा किरण केन्द्र सिद्धार्थ माविमा सो बिरुवा रोपिएको जानकारी गराएका छन् ।

युुथ अफ निजगढको अध्यक्षमा कमल सुँवार सर्वसम्मत

प्रस, निजगढ, २८ पुुस/ युुथ अफ निजगढको अध्यक्ष पदमा कमल सुँवार सर्वसम्मत चयन भएका छन् । शनिवार भएको संस्थाको १०औं वार्षिक साधारणसभाले उपाध्यक्ष कमल पराजुुली, महासचिव सन्तोष पौडेल, सचिव मनिता पाण्डे, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिव रवि सापकोटा, सदस्यहरू प्रह्लाद तिमल्सिना, नवराज घिमिरे, मुक्तिप्रसाद सुँवार सर्वसम्मत चयन भएका हुन् । कार्यक्रममा संस्थाका अध्यक्ष उषा लामाले वार्षिक […]

एनआई कपः सेन्ट जेभियर्स र वीरगंज पब्लिक विजयी

प्रस, वीरगंज, २८ पुस/ नेशनल इन्फोटेक (एनआई) कप अन्र्तगत शनिवार भएको दोस्रो खेलमा सेन्ट जेभियर्स स्कूल वीरगंज विजयी भएको छ । टस जितेर सेन्ट जेभियर्स स्कूलले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १११ रन बनाएको थियो । सेन्ट जेभियर्सका असरफ अन्सारीले २६ रन बनाए भने एमडी साजिद अन्सारीले २२ रन बनाएका थिए […]

आर्थिक अभिवृद्धि : तथ्याङ्क कि तथ्य ?

• ओमप्रकाश खनाल तथ्याङ्कीय विरोधाभास अलमलको विषय बन्दै आएको छ । देशको आर्थिक अभिवृद्धि सम्बन्धमा सरकार र विकास साझेदारहरूबाट आउने अनुमानहरू अर्थ–राजनीतिमा चासो राख्ने जोकोहीलाई अलमलमा पार्न पर्याप्त हुन सक्दछन् । हालै विश्व बैंकले गरेको प्रक्षेपण र सरकारको दाबीले यस्तै अवस्था सृजना गरिदिएको छ । सरकार चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि भेट्टाउने लक्ष्य […]

विभिन्न स्थानमा दुर्घटना १८ जनाको मृत्यु

जानकी (बाँके), २८ पुस/रासस बाँकेको नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाड्ढो भालुबाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाड्ढा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गएराति १ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो । उनका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत […]

अमेरिकामा आँधीका कारण दुई हजारभन्दा बढी उडान रद्द, २४०० भन्दा बढी उडानमा ढिलाइ

सिकागो, २८ पुस/एएनआई अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ । विमानस्थल प्रशासनले दिएको विवरण अनुसार आँधीका कारण अहिलेसम्म दुई हजारभन्दा बढी उडानहरू रद्द भएका छन् भने दुई हजारभन्दा बढी उडान ढिलो भएका छन् । शिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करीब […]

कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण

साना (यमन), २८ पुस/एएफपी इरान समर्थित लडाकूसमूहले ‘रेड सी’मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफनो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।