प्रस, वीरगंज, २७ पुस/
वीरगंज महानगरपालिको बजार अनुगमन तथा व्यवस्थापन समितिले छवटा सुनचाँदी पसलमा अनुगमन गरेको छ । उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा रहेको टोलीले नीरज ज्वेलर्स, शङ्कर साह उपेन्द्रकुमार सर्राफ ज्वेलर्स, प्रिन्स एन्ड खुशी ज्वेलर्स, कोमल कुसुम आभूषण कला केन्द्र, दशैं साह ज्वेलर्समा अनुगमन गरेको हो ।

अनुगमन समितिले सुनचाँदी पसलहरूमा पुगेर ढक–तराजुको मापदण्ड जाँच गर्नुका साथै पसलका आवश्यक कागजपत्र पनि सोधखोज गरेको थियो ।

अनुगमनका क्रममा शङ्कर साह उपेन्द्र सर्राफ ज्वेलर्स र कोमल कुसुम आभूषण कला केन्द्रले महानगरबाट व्यवसाय दर्ता प्रमाणपत्र नलिएको देखिएकोले सात दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिइएको महानगरको खाद्य अनुसन्धान अधिकृत विपीनकुमारलाल दासले जानकारी दिए ।

अनुगमन टोलीमा नापतौल तथा गुणस्तर कार्यालय, वीरगंजका आनन्दकुमार गुप्ता, मनीषकुमार गुप्ता, जिल्ला प्रशासन कार्यालय पर्साका ब्रह्मदेवप्रसाद यादव, उपभोक्ता हित संरक्षण मञ्चका अजित भुजेल, सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर लामा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहायक निरीक्षक विनोदमान सिंह लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here