नितेश कर्ण, वीरगंज, २७ पुस/
राष्ट्रिय मानव बेचबिखनविरुद्ध सचेतना दिवस बिहीवार सम्पन्न भएको छ ।

मानव बेचबिखनविरुद्धको एकाइ इलाका मुख्यालय बेतिया कार्यालय एसएसबी ४७औं गण रक्सौल र सीमा स्तम्भ ३९४ नजीकै रहेको सिवान टोलास्थित प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणले आयोजना गरेको हो ।

प्रयास किशोर सहायता केन्द्र पूर्वी चम्पारण र मानव बेचबिखनविरुद्ध एकाइको इलाका मुख्यालय बेतिया कार्यालय एसएसबी ४७औं गण पन्टोका रक्सौलको एक्सिस टु जस्टिस प्रोजेक्ट अन्तर्गत बिहीवार सिवान टोलामा मानव व्यापार (बेचबिखन), बालश्रम, बाल यौन शोषण, बालविवाहलगायत विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा मानव बेचबिखन नियन्त्रण एकाइका निरीक्षक मनोजकुमार शर्माले हाम्रा छोरीहरूलाई कसरी अन्य देशमा लैजाने गरेका छन् भन्ने विषयमा सचेत रहन गाउँलेहरूलाई बताए । प्रेमको बहानामा विभिन्न शहरमा लगेर वेश्यावृत्तिजस्ता जघन्य अपराधमा लगाइने गरेको उनले बताए । उनले केटाकेटीको विशेष ध्यान दिनुपर्ने र शिक्ष्Fामा जोड दिनुपर्ने बताए । उनले विदेशमा १२ देखि १५ घण्टा काममा लगाइने गरेकोले देशको भविष्य अन्धकारतर्फ गइरहेको बताए ।

एक्सिस टु जस्टिस प्रोजेक्ट अन्तर्गत जुभेनाइल एट सेन्टर पूर्वी चम्पारणका जिल्ला संयोजक आरतीकुमारीले ग्रामीण महिला पुरुषहरूलाई मानव बेचबिखन तथा सामाजिक समस्याबारे जानकारी गराएकी थिइन् । उनले बालयौन शोषण, बालविवाह, कुप्रथा हटाउन अपिल गरिन् । कार्यक्रममा उपस्थित बालबालिका तथा ग्रामीण महिला–पुरुषले बालविवाह नगर्ने शपथ लिएका थिए ।

कार्यक्रममा प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणका सामुदायिक समाजसेवी राज गुप्ता, एसएसबी मानव बेचबिखन विरोधी एकाइका अनिल शर्मा, अरविन्द द्विवेदी, टिनुकुमारी, शिक्षक राजदेव प्रसाद, उपेन्द्र कुमार, मनोज पासवान, बेदामीदेवी, उमरौतीदेवी, पार्वती देवीलगायत विद्यार्थीहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here