प्रस, सेढवा २७ पुस/
पटेर्वासुगौली गाउँपालिकामा जारी गापास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवार सम्पन्न भएको छ । गापाको संयोजन तथा नेरामावि सुगौलीको आयोजनामा भएको प्रतियोगितामा नेरामावि निचुटा प्रथम भएको छ । निचुटाले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ३ कांस्य पदक हासिल गरी प्रथम भएको छ ।

त्यस्तै नेरामावि सुगौली दापले ६ स्वर्ण, २ रजत र १ कांस्य पदक हासिल गरी दोस्रो र नेरामावि रङपुरले २ स्वर्ण, ४ रजत र ३ कांस्य पदक प्राप्त गरी तेस्रो स्थान हासिल गरेको पटेर्वासुगौली गापा शिक्षा संयोजक सोलेन्द्र पन्जियारले बताए ।

त्यस्तै निमावि लक्ष्मीपुर र बेलवाले १–१ स्वर्ण, ३–३ रजत र ३– कांस्य पदक हासिल गरेको छ । निमावि पटेर्वाले १ स्वर्ण, २ रजत र ४ कांस्य पदक हासिल गरेको छ भने निमावि पथरैयाले कुनैपनि पदक हासिल गर्न सकेन । विजेता विद्यालयलाई गापा अध्यक्ष दिनेशकुमार चौधरीले ट्रफी र प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, शटपुट, हाइजम्प, लङ्गजम्प, ट्रिम्पलजम्प, १००, २०० र ४०० मिटर दौड र रिले दौड खेल भएको संयोजक सोलेन्द्र पन्जियारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here