प्रस, वीरगंज, २६ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली–चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरी वीरगंज भन्सार बुझाएको जनाएको छ ।
वीरगंज महानगरपालिका–१९ विन्दवासिनी बस्ने नागेश्वर साह कलवारको घरमा राखिएको पूजाको कपडा, रेडबुल, नक्कली गहना, ब्रा, प्लास्टिकको पूmल गरी १६ लाख ६७ हजार नौ सय मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिई वीरगंज भन्सार बुझाएको छ ।
यसैगरी बाराको विश्रामपुर गाउँपालिका–३ बाट भारतीय नम्बरको कारबाट १८ कार्टुन मदिरा बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक विश्वम्भर पासवानले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीलाई देखेपछि चालक सामान र कार छाडेर फरार भएको थियो ।