• अनन्तकुमार लाल दास
शिक्षक भनेको त्यो शिल्पी हो, जसले काँचो माटोजस्तै विद्यार्थीहरूलाई एउटा निश्चित आकार प्रदान गर्दछ । एउटा लोकप्रिय शिक्षक जहाँ आप्mना विद्यार्थीहरूका लागि नायक बन्न सक्छ, त्यहीं एउटा भ्रष्टाचारी शिक्षक सम्पूर्ण राष्ट्रलाई हानि पु-याउने मात्र नभई, एउटा पीढीलाई नै भ्रष्टाचारी बनाइदिन्छ । एउटा राष्ट्रको निर्माण त्यहाँका नागरिकबाट हुन्छ भने नागरिकमा असल गुण भर्ने जिम्मेवारी शिक्षकको हुनुका साथै शिक्षक तयार गर्ने जिम्मेवारी पनि शिक्षककै हुन्छ । जब शिक्षक र विद्यार्थीबीच बुझाइमा प्रस्टता, दृष्टिकोणको ढोका खुला र एक अर्काप्रति आत्मीयताको स्पर्श हुन्छ त्यसपछि उमेरजन्य दूरीले पनि एकअर्काको अस्तित्वको स्वीकार्यतामा कमी आउँदैन । एक पक्षले सम्मान पाउँछ भने अर्को पक्षले आत्मविश्वाससहितको स्वतन्त्रता र यसले मर्यादित र पढ्ने परिवेश निर्माण हुन्छ । यस कारण देश विकासका लागि राम्रो शिक्षक हुनु जरूरी छ । आज आवश्यकता छ मानिसको मानसिकतामा परिवर्तन ल्याउनु र यो शिक्षकको सहयोगबेगर सम्भव छैन । यसै सेरोफेरोमा राम्रो शिक्षक बन्ने सूत्र खोतल्ने जमर्को गरिएको छ ।
सधैं चर्चामा रहने प्रश्नहरूमध्ये एउटा के हो भने एउटा राम्रो शिक्षक कस्तो हुन्छ ? एउटा राम्रो शिक्षक कसरी बन्न सकिन्छ ? के कस्ता कुराले गर्दा एउटा शिक्षक प्रशंसनीय र वन्दनीय बन्छ ? यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने दुनियाँको कुनै पनि विद्यार्थी गणित, अङ्ग्रेजी, विज्ञानजस्ता विषय पढ्न मात्र विद्यालय प्रवेश गर्दैन । ऊ ‘विश्वास’ हासिल गर्न विद्यालय आउँछ । शिक्षकबाट आपूmमा भएको आत्मविश्वास बलियो बनाउन आउँछ । हुनत प्रायः नेपाली शिक्षक राम्रै पढाउँछन् । विषय अन्तर्गत भएका कुराहरूलाई राम्ररी सिकाउँछन् तर विद्यार्थीको ‘आत्मविश्वास’ बलियो बनाउने काम गर्दैनन् । एउटा विद्यार्थीको आत्मविश्वास कसरी बलियो हुन्छ, त्यसतर्फ ध्यान दिंदैनन् । उनीहरू के बिर्सन्छन् भने दुनियाँमा सफलता हासिल गर्न चाहिने सबैभन्दा ठूलो र नभई नहुने कुरो आत्मविश्वास हो । यदि शिक्षकले उनीहरूलाई आफूमाथि कसरी विश्वास गर्ने कुरा मात्र प्रदान गर्छन् वा सिकाउँछन् वा भन्छन् कि आफूमाथि विश्वास ग-यो भने यसैले सफलता दिलाउँछ विद्यार्थीहरू स्वतः राम्रो गर्न थाल्छन् । अतएव शिक्षकहरूले उनीहरूलाई आप्mनो परिश्रममा विश्वास गर्न सिकाउनुपर्छ र परिश्रममा विश्वास हुनासाथ उनीहरूको मन पढाइमा लाग्न थाल्छ । उनीहरूमा पढाइप्रति रुचि बढ्न थाल्छ ।
पढाइमा रुचि विकसित हुनासाथ उसलाई ‘पढ, पढ्नुपर्छ’ भनिरहनुपर्दैन । उसलाई स्वतः उत्प्रेरणा प्राप्त हुन्छ । बाह्य उत्प्रेरणा आवश्यक हुँदैन । आन्तरिक उत्प्रेरणा प्राप्त हुनासाथ पिछडिएको, कक्षामा राम्रो प्रदर्शन गर्न नसकेको विद्यार्थी पनि सफल विद्यार्थीको श्रेणीमा पुग्छ । सँगसँगै उसमा नैतिकता र संस्कृति जाग्रत गर्न आआप्mनो धर्म अनुकूलको देउतामाथि पनि विश्वास गर्न एउटा शिक्षकले सिकाउनुपर्छ । प्रकृतिलाई किन जोगाउने भन्ने भाव जगाउनुपर्छ । जुन बेला विद्यार्थी अगाडि बढ्न परिश्रम गर्दछ, त्यस बेला प्रकृति पनि उसको अनुकूल हुन थाल्छ । हाम्रो धार्मिक ग्रन्थमा के भनिएको छ भने ईश्वरले पनि त्यसैलाई सहयोग गर्छन् जसले स्वयं परिश्रम गर्दछ । शिक्षकनजीक आउने विद्यार्थीलाई एउटा शिक्षकले विषयगत कुरा पढाउनु, उसको लेखाइमा ध्यान दिनुका साथै सबैभन्दा बढी उसमा आत्मविश्वास जगाउने प्रयास गर्नुपर्छ । यदि शिक्षकले विद्यार्थीमा आत्मविश्वास जगाउन सक्यो भने त्यो शिक्षक ‘आम शिक्षक’को श्रेणीबाट ‘खास शिक्षक’को श्रेणीमा पुग्छ र विद्यार्थीहरू पनि उद्देश्य प्राप्त गर्न सफल हुन्छन् ।
विश्वका धेरै कम मानिसलाई के थाहा हुँदैन भने कुनै पनि लक्ष्य हासिल गर्न वा सफलता प्राप्त गर्न एउटा ‘ठूलो कारण” हुनु आवश्यक हुन्छ । यदि तपाईंसँग कुनै काम गर्ने कारण छ भने तपाईं खास मानिस हुनुहुन्छ । अध्ययनले के देखाएको छ भने धेरैजसो मानिससँग काम गर्ने कुनै ठोस कारण हुँदैन । धेरै कम मानिससँग ‘कारण’ हुन्छ र उनीहरू नै दुनियाँमा राज गर्छन् । तिनै मानिसहरू अमीर हुन्छन्, सफलता प्राप्त गर्छन्, आप्mनो काममा दक्षता र उच्चता हासिल गर्छन् र अर्को थरीका मानिस यिनीहरूका लागि काम गरिरहेका हुन्छन् । यदि शिक्षकले विद्यार्थीहरूलाई एउटा ‘उद्देश्य’ प्रदान गर्दछ भने त्यो शिक्षक विद्यार्थीहरू माझ लोकप्रिय हुन्छ । तर केही दिनुको लागि सबैभन्दा ठूलो कुरो हो दिने कारण पनि हुनुपर्छ ।
विडम्बना के छ भने हाम्रा शिक्षकसँग उद्देश्य नै हुँदैन । यदि उनीहरूसँग सोधियो–“तपाईं किन पढाइरहनुभएको छ” भने जवाफ आउँछ ‘कहीं काम पाइएन’, ‘जीवन धान्नको लागि’ वा ‘जबसम्म अर्को राम्रो काम पाइँंदैन’ वा पकेट खर्चको लागि जस्ता ‘जागीरे सोच’ हुने शिक्षक कहिल्यै पनि खास हुन सक्दैन । यदि शिक्षकसँग कुनै ठोस उद्देश्य छ भने त्यो विद्यार्थीहरूमा पनि प्रसारित हुन्छ । केटाकेटीहरू, जसलाई तपाईंले विद्यालय वा क्याम्पसमा पढाइरहनुभएको छ उनीहरूलाई जीवनमा उद्देश्यबेगर सफलता हासिल हुँदैन भन्ने बोध गराउनुहोस् । एउटा कुशल र प्रभावकारी शिक्षक बन्नको लागि तपाईंसँग पनि एउटा उद्देश्य हुनुपर्छ र विद्यार्थीहरूलाई पनि ससाना प्रोजेक्ट दिएर उद्देश्य हासिल गर्न प्रेरित गर्नुपर्छ । विद्यार्थीहरूले उद्देश्य पाए भने दिन, महीना, वर्षभरि समय व्यर्थ नगुमाएर निर्धारित उद्देश्यका लागि काम गर्ने उत्प्रेरणा प्राप्त गर्छन् ।
दुनियाँमा हरेक मानिस उन्नति गर्न चाहन्छ । विद्यार्थी, अभिभावक, शिक्षक, व्यापारी, नेता सबैले सफलता हासिल गर्न काम गरिरहेको कुरो बताउँछन् तर सफलताको रहस्य उनीहरूलाई थाहा हुँदैन । दुनियाँमा सफलता उसैले हासिल गरेको छ जो ‘सहयोगी’ हुन्छ । वास्तविकता के हो भने यदि हामी एउटा मानिससँगसँगै हिंड्न सक्दैनौं भने ‘टीम’ कसरी बनाउन सक्छौं ? आज हामी भाइबहिनीसँग झगडा गर्छौं, आमाबुवासँग ससाना कुरामा रुष्ट हुन्छौं, परिवार, छिमेक, गाउँ वा शहर वा देशलाई साथ लिएर हिंड्न गा-हो भइरहेको छ भने आप्mनो विकास वा समग्र राष्ट्रको विकास कसरी सम्भव हुन्छ ? यदि तपाईं सहयोगी हुनुहुन्छ भने अरूको काम लाग्नुहुन्छ र यही सहयोगी भावनाले तपाईंलाई अगाडि सम्म लिएर जान्छ । प्रायः विद्यार्थीहरूले घर वा विद्यालयमा के हेर्छन् भने आमाबुवा वा शिक्षकहरू सहयोगी छैनन् । ससाना गल्तीमा हप्काउँछन् । यस परिवेशमा बाल–मन काम गर्न रुचाउँदैन । विद्यार्थीहरू बढी अङ्क हासिल गर्न वा परीक्षामा उत्तीर्ण हुनका लागि मात्र शिक्षकको कुरा सुनिरहेका हुन्छन् तर मनले शिक्षकलाई आत्मसात् गरेका हुँदैनन् । वास्तविकता के हो भने सम्मान मनले गरिन्छ । कुनै पनि असहयोगी मानिसको कदर कसैले गर्दैन । यदि शिक्षकहरूमा सहयोगात्मक भावना छैन भने त्यही कुरो विद्यार्थीहरूमा देखापर्छ, त्यही परिवारमा देखापर्छ, त्यही समाजमा देखापर्छ र त्यही हाम्रो राष्ट्रमा पनि देखा परिरहेको छ । साना केटाकेटीहरू जब ठूलो हुन्छन् र कुनै पदमा आसीन भएर पनि उनीहरूमा असहयोगी भावना देखापर्नु बाल्यकालकै देन भएको कुरो प्रमाणित भइसकेको छ । यस कारण यदि शिक्षकहरू सहयोगी छन् भने उनले सम्पूर्ण पीढीलाई सहयोगी बनाउन सक्छन् । एउटा शिक्षक विद्यार्थीहरूका लागि जति सहयोगी हुन्छ त्यतिकै उसको गन्ती राम्रो शिक्षकमा हुन्छ ।
विद्यार्थीहरूको चौतर्फी विकासमा शिक्षकको भूमिका अति महŒवपूर्ण हुन्छ । यदि एउटा शिक्षकले आपूmलाई जागीरेको रूपमा मात्र हेर्छ भने यो सम्पूर्ण राष्ट्रका लागि दुर्भाग्यको कुरो हो । शिक्षकले त विद्यार्थीहरूको क्षमता बाहिर ल्याउने काम गर्दछ । आज शिक्षकहरूको लक्ष्य आप्mनो गरिमा कसरी बढाउने हुनुपर्नेमा सम्पन्न जीवन व्यतीत गर्नका लागि चाहिंदो– नचाहिंदो क्रियाकलापमा व्यस्त भइरहेका देखिन्छन् । विद्यार्थी शिक्षाको साथसाथै समुन्नत राष्ट्रको परिकल्पनालाई साकार बनाउन शिक्षकहरूले आआप्mनो भूमिका बुझ्नु आजको खाँचो हो ।
“असल शिक्षक बन्ने सूत्र” लेख राम्रो लाग्यो। वास्तवमा शिक्षकले विद्यार्थीमा विश्वास ,उत्प्रेरणा जगाउनु पर्छ। तर वास्तवमा हेर्ने हो भन्ने हाम्रो समाज,परिवार,आमा बुवा जस्ता सरोकारवाला हरु बाट स्कुले बच्चाहरु के सिकिरहेका छन् त? कसरी स्वार्थी बन्ने,सहयोग न गर्ने,सडक पेटीमा रहेका गरीबलाई वास्ता नगर्ने,,यो मेरो हो यो उसको हो,अरूलाई ठग्ने काम यावत् कुराहरूले उनीहरूको आत्मविश्वास कमजोर भइरहेको छ।