प्रस, वीरगंज, २१ पुस/
मिजार समाज नेपाल, पोखराले दलित सामाजिक अभियन्ता तथा पिस फर दलित्स फाउन्डेशन नेपाल, मधेस प्रदेश, पर्साका अध्यक्ष मनोज रामलाई शनिवार पोखरामा सम्मानित गरेको छ ।

एकताको १४औं राष्ट्रिय सम्मेलनको अवसरमा मिजार समाज नेपालले पोखरामा आयोजना गरेको मिजार समाज नेपालको राष्ट्रिय सम्मेलनमा रामलाई शिक्षा, सामाजिक सेवा, दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच, सामुदायिक न्याय, सामाजिक रूपान्तरण, सामाजिक परिवर्तन, दलित समुदायको लागि सशक्तीकरण, दलित समुदायको सेवामा पु-याएको योगदानको कदर गर्दै कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले दोसल्ला ओढाइ सम्मान गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here