प्रस, परवानीपुर, २१ पुस/
नेपाल पशुपक्षी औषधि बजार प्रतिनिधि सङ्घ, वीरगंज शाखाको तेस्रो अधिवेशन एवं छैटौं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
सभाले अनिलकुमार पटेलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष ओमप्रकाश साह, सचिव शुभनारायण रौनियार, कोषाध्यक्ष शुभकान्त मुखिया, सहसचिव राजनारायण मण्डललगायत सदस्यहरू चयन भएका छन् । कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष तुलसी भण्डारी, एशोसिएशन अफ भेटेरिनरी प्रैक्टिसनर्सका सचिव विजयकुमार गुप्ता, नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घ नारायणी शाखा अध्यक्ष श्यामकिशोर कुशवाहाको सहभागिता थियो ।