नयाँ दिल्ली, १९ पुस/एएनआई

अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरकोे लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ।

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन्।

तीन तले मन्दिरमा ३९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ।

मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहने छ।

मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभामण्डप, प्रार्थना र कीर्तनमण्डप गरी पाँच मण्डप बनाइएको छ।

मन्दिरका स्तम्भ तथा  पर्खालहरूमा  देवी देवताका मूर्तिहरू सजिएका छन्। सिंहद्वार हुँदै ३२ वटा सिंढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ। असहजताको सुविधाका लागि लिफ्टलगायते व्यवस्था गरिएको छ।

७३२ मिटर लामो तथा १४ फिट चौडा आयताकार पर्खालले मन्दिरलाई घेरेको छ। मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएका छन्। उत्तरमा माता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानजीको मन्दिर रहनेगरी निर्माण ूहुनेछ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here