चीसोको मौसम चलिरहेको छ। रूघाखोकी, ज्वरोबाट धेरैजना ग्रसित भएका छन्। यस मौसममा फ्लुको प्रभाव बढ्छ र भाइरल इन्फेक्शनको शिकार होइन्छ। रूघाखोकी, भाइरल ज्वरो लागेपछि पारासिटामोल, पेनकिलर र कैयौं एन्टिबायोटिक औषधि मानिसले सेवन गर्छन्। आफैं उपचार गर्दा उनीहरूको अवस्था झनै बिग्रिन्छ। यस्तोमा स्वास्थ्य विज्ञहरूको सल्लाह आवश्यक पर्छ। चिकित्सकका अनुसार सिजनल फ्लुबाट बच्नको लागि पारासिटामोल सबैभन्दा सुरक्ष्Fित औषधि मानिन्छ र फ्लुबाट ग्रसित व्यक्तिलाई यो औषधि खान सल्लाह दिइन्छ। कैयौंपटक एन्टि–हिस्टामाइन औषधि पनि दिइन्छ। यद्यपि भाइरल फ्लुमा एन्टिबायोटिक औषधि सेवन गर्न सल्लाह दिइँदैन।

ग्रेटर नोएडाका फोर्टिस हस्पिटलका इन्टरनल मेडिसिन डिपार्टमेन्टका एडिशनल निर्देशक डा प्रमिला बैथाका अनुसार चीसोको मौसममा रुघा, खोकी र भाइरल ज्वरो हुनु सामान्य समस्या हो। मेडिकल भाषामा यसलाई सिजनल फ्लु भनिन्छ। यो एउटा भाइरल फ्लु  हो र यसको उपचार लक्षणको आधारमा गरिन्छ। साधारणतया मानिसलाई ज्वरो र जीउ दुखेपछि पारासिटामोल ट्याबलेट दिइन्छ। टाउको दुखाइ र जीउ दुख्दा पनि आरामका लागि हलुका पेनकिलर दिइन्छ। नाक बग्ने, हाछ्युँ आउने र खोकी लागेपछि सिट्रिजनजस्तो एन्टि–हिस्टामाइन औषधि दिइन्छ। रोगीलाई फ्लुको कारण जस्तो लक्षण देखिन्छ, त्यसै हिसाबले औषधि दिइन्छ।

कोरोना भाइरससमेत अधिकांश भाइरल फ्लुको उपचार लक्ष्Fणको आधारमा गरिन्छ। डा बैथा भन्छिन्–चीसोमा अधिकांश व्यक्ति भाइरल फ्लुबाट ग्रसित हुन्छन् र यसमा एन्टिबायोटिक औषधि लिनुपर्ने कुनै मतलब रहँदैन। एन्टिबायोटिक औषधि साधारणतया ब्याक्टेरियल इन्फ्ेक्शनको लागि दिइन्छ। भाइरल फ्लुमा यी औषधिबाट कुनै फाइदा हुँदैन र शरीर यसको रजिस्टेन्स बन्ने खतरा रहन्छ। यदि तपाईंलाई ब्याक्टेरियल इन्फेक्शन छ भने पनि चिकित्सकको सल्लाह पछि नै एन्टिबायोटिक औषधि खानुपर्छ। यद्यपि बढी पेनकिलर खानुहुँदैन। हेभी पेनकिलर बढी प्रयोग गर्दा साइड इफेक्ट हुन सक्छ। रूघाखोकी र खोकी भएपछि शरीरलाई न्यानो बनाउनुपर्छ। चीसोबाट बच्ने र सङ्क्रमित व्यक्तिबाट दूरी कायम गर्नुपर्छ। मास्क लगाउने, मौसमी फल, तरकारी खाएर प्रतिरक्षाप्रणाली मजबूत बनाउनुपर्छ।         – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here