रामल्लाह, १६ पुस/सिन्ह्वा
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
विभागका अनुसार सन् २०२३ मा २२,४०४ प्यालेस्टिनीको मृत्यु भएको छ ।
अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारूढ हमासबीच द्वन्द्व शुरू भएयता प्यालेस्टिनी २२,१४१ जनाको मृत्यु भएको र इजरायली आक्रमणमा भएका मृत्युमध्ये ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।
गाजामा अहिलेसम्म करीब ९ हजार बालबालिका र छ,४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आप्mनो नागरिक आप्mनो भूमिबाट विस्थापित भएको स्वीकार नगर्ने बताएका छन् ।
फतह आन्दोलनको स्थापनाको ५९ औं वर्षगाँठको अवसरमा जारी वक्तव्यमा अब्बासले प्यालेस्टिनी प्राधिकरणले आप्mनो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।
अब्बासले सैन्य समाधानले शान्ति वा सुरक्षा प्रदान नगर्ने उल्टो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताएका छन् । उनले प्यालेस्टिनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानून र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गरेका छन् । रासस