नवलपुर, १५ पुस/रासस
गैंडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जितेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा तीन मिनेट पाँच सेकेन्डमा पूरा गर्दै उपाधि जिते । विजेता रोकायाले नगद रु एक लाखसहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।

गैंडाकोटको विजय फाउन्डेशनले आज आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्र सिंह रावत दोस्रो भए । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेन्डमा पूरा गर्दै रु ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकेन्डमा पूरा गर्दै काठमाडौं धापासीका अजितकुमार यादव तेस्रो भए । यादवले रु २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिए । त्यस्तै, महिलातर्पm हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो भएकी छन् ।

निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेन्डमा पूरा गर्दै महिलातर्पm पहिलो भएकी चौधरीले रु २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका सापकोटाले बताए । हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्ने) थप सातजनालाई समेत नगद रु पाँच हजारसहित पुरस्कृत गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । प्रतियोगितामा २५० जनाले सहभागिता जनाएका थिए । निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको सापकोटाले जानकारी दिए ।

साथै गैंडाकोट हाफ म्याराथन अन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का प्रेमलाल कोहार पहिलो भएका छन् । कोहारले निर्धारित दूरी १५ मिनेट १९ दशमलव ७८ सेकेन्डमा पूरा गर्दै रु १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १५ मिनेट ३६ दशमलव ६६ सेकेन्डमा दूरी पार गर्दै तनहुँ ऋषिड्ढा अमृत विक दोस्रो भए । विकले नगद रु पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सो प्रतियोगिताको दूरी १५ मिनेट ५५ दशमलव ३७ सेकेन्डमा पूरा गर्दै काठमाडौं चन्द्रागिरिका अनुज महत तेस्रो भए । उनले रु तीन हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १८० जना विद्यार्थीको सहभागिता थियो ।

हाफ म्याराथन र विद्यार्थीमैत्री दौडका विजेताहरूलाई गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, केन्द्रका अध्यक्ष सापकोटा, अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले खेलकूदका माध्यमबाट व्यक्ति स्वस्थ हुनुका साथै राष्ट्रको नाम विश्वसामु चिनाउन मदत गर्ने बताए । गैंडाकोट नगरपालिकाले खेलकूदको क्षेत्रमा लगानी गरेको भन्दै नगरको लगानीबाट राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महŒवपूर्ण भूमिका खेल्ने बताए ।

केन्द्रका अध्यक्ष सापकोटाले विजय फाउन्डेशनको आयोजनामा हरेक वर्षको पुस १५ गते हाफ म्याराथन आयोजना गरिने जानकारी दिए । आगामी वर्षबाट म्याराथनलाई थप परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here