प्रस, निजगढ, १४ पुस/
डिभिजन वन कार्यालय, बाराले अवैधरूपमा नदीजन्य पदार्थ ओसारपोसार गर्ने बोझ वाहक सवारीसाधनहरूलाई वन ऐन अनुसार कारबाई गर्ने र सवारीसाधनहरू जफतसमेत गर्ने जनाएको छ ।

आफू मातहतका निकाय तामागढी सबडिभिवन वन कार्यालय निजगढ, निजगढ सबडिभिवन वन कार्यालय भमरालाई निर्देशानात्मक र निजगढ नगरपालिकालाई आवश्यक सहयोग गरिदिन भन्दै डिभिजन वन कार्यालय, बाराले पुुस ११ गते निजगढका सम्पूूर्ण क्रसर उद्योगलाई कडाइका साथ पत्राचार गरेको हो ।

निजगढ नगरपालिका–४ मा रहेका नेपाल क्रसर उद्योग, शङ्कर स्टोन क्रसर उद्योग, वडा नं ९ मा रहेका बकैया बालुुवा प्रशोधन उद्योग, लालबकैया रोडा ढुुङ्गा उद्योग, दङ्गाल बालुुवा प्रशोधन उद्योग, चौलागाईं रोडा ढुुङ्गा उद्योग, हिमाल क्रसर उद्योग, वैष्णवी रोडा ढुुङ्गा उद्योगलाई समेत डिभिजन वन कार्यालय, बाराले पत्राचार गर्दै स्थानीय बकैया, धन्सार खोलालगायत अन्य नदीखोलाबाट प्रमाणपुर्जीविना ल्याइएका नदीजन्य पदार्थ खरीद गरेको, उक्त उद्योगका सञ्चालकहरूले नदीजन्य पदार्थ उत्खननदेखि प्रशोधन, उत्पादन एवं उपउत्पादनको व्यवस्थापनसम्ममा विविध शर्त एवं ऐन नियमको पालना नगरेको देखिएको जनाएको छ ।

स्थानीय पालिका कार्यान्वयनको चरणमा रहेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको शर्तको बर्खिलाफ काम गरेको, नदीजन्य पदार्थको प्रयोगबाट उत्पादन भएको धूुलो, टेनडाउन गिट्टीलगायतका उपउत्पादनको व्यवस्थापन उचित तवरले नगरी बकैया खोलाका नदी उकास क्षेत्रमा जथाभावी फालिएको सो पत्राचारमा जनाएको छ ।

उद्योगका सञ्चालकहरूले नदीजन्य पदार्थ उत्खननदेखि प्रशोधन, उत्पादन एवं उपउत्पादनको व्यवस्थापनसम्ममा वन ऐन २०७६, वातावरण संरक्षण ऐन २०७६, वन नियमावली २०७९ र वातावरण संरक्षण नियमावली २०७७ विपरीत कार्यहरू गरिरहेको पाइएकाले यस्ता कार्य तत्कालै बन्द गर्न गराउनसमेत क्रसर उद्योगहरूलाई चेतावनी दिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा निजगढ नगरपालिकाले नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को विद्युुतीय ठेक्का बन्दोबस्ती लगाए पनि ठेक्का लाग्न सकेन ।

निजगढ नगरपालिकाको वडा नं ४ कछडिया टोल र वडा नं ९ मा रहेका आठवटा क्रसर उद्योगमा हाल ८५ लाख ७६ हजार ७७६.५० क्युफिट नदीजन्य पदार्थ मौज्दात रहेको निजगढ नगरपालिकाले जनाएको छ ।

निजगढ नपाका इन्जिनीयर रूपेश यादव नेतृत्वको प्राविधिक टोलीले बकैया बालुुवा प्रशोधन उद्योगमा चार लाख ५४ हजार ४२२.३० क्युफिट, नेपाल क्रसर उद्योगमा २२ लाख ३० हजार ४५४.५० क्युफिट, शङ्कर स्टोन क्रसर उद्योगमा १५ लाख ४२ हजार ४५४.३० क्युफिट, लालबकैया रोडा ढुुङ्गा उद्योगमा आठ लाख ४१ हजार ९१८.३९ क्युफिट, हिमाल क्रसर उद्योगमा चार लाख ७३ हजार ७९९.८२ क्युफिट, चौलागाईं रोडा ढुुङ्गा उद्योगमा १८ लाख ९७ हजार ९४०.५२ क्युफिट, वैष्णवी रोडा ढुुङ्गा उद्योगमा चार लाख ४९ हजार ७३१.८० क्युफिट, दङ्गाल बालुुवा प्रशोधन उद्योगमा छ लाख ८६ हजार ०५४.८८ क्युफिट नदीजन्य पदार्थ रहेको जनाएको थियो ।

उक्त परिमाण टेन डाउन गिट्टीबाहेक क्रसर उद्योगबाट उत्पादन, प्रशोधन गरिएको र नगरी थुपारिएका सबैको स्थलगत नापजाँच गर्दा निस्किएको नदीजन्य पदार्थ ग्राभेल, ढुङ्गा, गिट्टी, बालुवाको परिमाण रहेको निजगढ नपाका ई यादवले जानकारी दिएका थिए । निजगढ नपाको निर्देशनमा गएको प्राविधिक टोलीले गत साउन ११ गते एक सातासम्म गरेको स्थलगत अनुगमनबाट उक्त परिमाण निकालेको हो ।

नदीको ठेक्का नलागेपछि क्रसर उद्योगहरूमा ल्याइने नदीजन्य पदार्थ गैरकानूनी देखिन्छ भने निजगढ नगरपालिकाले बकैया पुुल र पुुरानो निजगढको फूटबल मैदाननजीकैको बकैया ड्याममा कर्मचारी खटाउँदै आन्तरिक राजस्व सङ्कलनको नाममा कर सङ्कलन गर्दै आइरहेको छ । कर सङ्कलन गर्दा दैनिक रु ५० हजारदेखि पाँच लाखसम्म सङ्कलन हुुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here