प्रस, सिम्रौनगढ, १४ पुस/
सिम्रौनगढ नगरपालिका–१ खजानी टोलका राजकुमार कुशवाहाले लगाएको गोलभेंडा खेतीमा एउटै बोटबाट २० किलोसम्म गोलभेंडा फलेको छ ।
उनले अभिलाषी र युएस कम्पनीका १५०५ जातको गोलभेंडा लगाएको र त्यसको एउटा बोटबाट १५ देखि २० किलोसम्म गोलभेंडा फलेको दाबी गरे । उनले एउटै बोटबाट यत्रो विधि गोलभेंडा फलेपछि त्यसको वजन थेग्ने गरी बाँसका लट्ठीले आड दिएको बताए ।
यसैगरी, साधारणतया एक सय ग्रामदेखि आधा किलो वजनसम्मको चुकुन्दर बजारमा पाइने भएपनि उनको खेतमा अढाई किलोको एउटै चुकुन्दर फलिरहेको छ । कुशवाहाले शताब्दी जातको चुकुन्दर लगाएको र एउटै चुकुन्दर अढाई किलो वजनको भएको बताए ।