प्रस, रौतहट, १३ पुस/

बैंक खाताबाट पटकपटक गरी अरूको रकम झिक्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौर नगरपालिका–४ का जितेन्द्र गिरी, वडा नं. ७ का दीपेन्द्रकुमार साह, गुजरा नगरपालिका–६ घर भई हाल  चन्द्रपुर नगरपालिका–१० बस्ने राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

गौर नगरपालिका–४ बस्ने जयप्रकाश राय चनौको एनआइसी एशिया र माछापुच्छ«े बैंक लि. को खाताबाट असार २९ गतेदेखि पटकपटक गरी जम्मा रु १२,८६,४४०/ गौर नगरपालिका–७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट  असार २० गतेदेखि पटकपटक रु ५ लाख,  गौर नगरपालिका–२ महादेवपट्टीका विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट कात्तिक २९ गते ८०,००० चन्द्रपुर नपा–९ का कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट कात्तिक ३० गतेदेखि पटकपटक रु ६,११, २०८ पैसा ५९ गरी जम्मा २४, ३७ ६८५ पैसा ५७ झिकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

विभिन्न काल्पनिक व्यक्तिको नाममा किर्ते नागरिकता र सवारी चालक अनुमतिपत्र बनाई उक्त कागजातबाट सिमकार्ड निकाली विभिन्न खल्ती तथा बैंकहरूमा खाता खोली मोबाइल बैंकिङबाट उक्त रकम चोरी गरेको घटना अनुसन्धान गर्दै जाँदा उक्त काण्डमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जिप्रकाका सूचना अधिकारी एलिजा गिरीले बताएकी छन्। यस घटनामा संलग्न केही व्यक्ति फरार रहेका र तिनीहरूको हकमा खोजतलाश तथा अनुसन्धान जारी रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here