– बैधनाथ श्रमजीवी
संसारभरि मानव समुदाय विभिन्न सामाजिक, सांस्कृतिक अवस्थामा रहेको देखिन्छ। कोही निकै सभ्य, सुसंस्कृत समाजको रूपमा आपूmलाई घोषणा गर्छ भने तिनै सभ्य भनिने एकथरीले मानव समाजलाई अविकसित र असभ्य आदिवासी पनि भन्ने गरेका छन्। अविकसित भन्नेबित्तिकै अति गरीबीको सामना हजारौं वर्षदेखि गर्दै आएका आदिवासीहरू हुन्। ती अफ्रीकाका आदिवासी होउन् वा भारतको अण्डमान निकोबारका, अथवा नेपालको राउटे, घुमन्ते–फिरन्ते, मुसहर, कामी, तामाङ, चेपाङ, आदि होऊन्। यिनीहरूको सामाजिक परम्परा बडो विचित्र किसिमको लाग्ने नै भयो, आपूmलाई सभ्य भन्नेहरूलाई।
असभ्य भनिएकाहरूको कुरा छोडौं तिनीहरू त असभ्य नै भैहाले तर जसले आपूmलाई सभ्य मात्रै होइन, देवत्वकरण समेत गर्दै आएका छन् के उनीहरू साँच्चै सभ्य, सुसंस्कृत र आधुनिक छन् त ? आउनुस् यसबारे थोरै चर्चा गरौं –
यदि कुनै व्यक्ति प्रत्येक दिन बिहान उठेर नित्यकर्म सकेर नुहाएर चोखिन्छ र त्यसपछि आस्था र विश्वासको नाममा ढुङ्गाको मूर्तिलाई घन्टी बजाएर उठाउँछ, त्यसको अनुहार सफा गर्छ र त्यसपछि त्यस मूर्तिलाई स्नान गराएर खाना खुवाउँछन् (भोग लगाउँछ)। यसो गर्दा उनीहरूले साँच्चैको अन्न, दाल र तरकारीबाट तयार पारिएको विभिन्न खानाको स्वादिष्ट व्यञ्जन तयार गरी कसैकसैले मुखमा गाँस नै हालेजस्तो गरी खुवाउन जान्छन् भने कसैकसैले थालमा खाना पस्केर केही समय मूर्तिको अगाडि राखेर पर्दा लगाएर वा ढोका लगाएर केही समय राख्छन् र पछि त्यो भगवानको प्रसाद भनी एक्लै वा बाँडेर खान्छन्। भारत र नेपालमा यस प्रकारको कर्मकाण्ड गर्नेहरू आपूmलाई सभ्य, ठूला र पुज्य ठान्ने ब्राह्मण (वैष्णव सम्प्रदाय) समुदायले गर्छ, जो अधिकांश मठ–मन्दिरका पुजारी, महन्थ र नाम चलेका साधु–महात्मा हुन्छन्। के यो जीवन व्यवहार सभ्यताको परिसूचक हो ?
धर्मावलम्बीहरूको धर्मान्धता र अन्धभक्ति यतिसम्म मात्रै सीमित छैन। पानी नपरेर अनावृष्टि भई अनिकाल हुन लाग्दा, गर्मीले जनजीवन आकुल व्याकुल हुँदा तिनै सभ्य भनिनेहरूका घरका महिलाहरू मध्यरातमा सर्वाङ्ग नाङ्गो भएर खेतबारीमा हलो जोत्छन्। यसो गर्नुको पछाडि मिथक के हो भने अत्यन्तै कामुक तथा लम्पट इन्द्र, जो वर्षाको देवताको रूपमा जानिन्छन्, तिनलाई खुशी पार्न। त्यसैगरी नेपालको पहाडी समुदायमा भालेपोथी भ्यागुतो खोजेर बाजागाजासहित जन्ती जोडेर भ्यागुतोको विवाह गर्छन्। के यो सभ्य र सुसंस्कृत समाज हो ? के इन्द्रले वर्षा गराउने हो ? सभ्य र नैतिकवान भनिनेहरूको यो नैतिक कर्म हो वा अनैतिक ?
विपरीत लिङ्गीको सम्भोगबाट महिलाले गर्भधारण गरेपछि निश्चित समयभित्र संसारभरिका मानिस जन्मिंदै आएको हो। मानिस जन्मने प्रक्रिया अहिलेको आधुनिक चिकित्सा विज्ञानको टेस्ट ट्युब बेबी होस् वा महिला पुरुष बीच रतिक्रिया, जसरी पनि महिलाको अण्ड र पुरुषको वीर्य चाहिन्छ। यसको अनुपस्थितिमा बच्चा जन्माउने कल्पना पनि गर्न सकिन्न। यो मान्यताविपरीत कुनै सिद्धले दिएको खानेकुरा महिलाले खाँदा मान्छे जन्मियो भनेर आज कसैले भन्छ भने त्यस्तालाई आजको समाजले कि ठूलो फटाहा वा पागल भन्छ। तर रामायणका राजा दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्न पुत्रेष्टि यज्ञबाट निस्केको खीर खाएर जन्मेका हुन् भने त्यसलाई समाजले सहजै किन पत्यायो ? त्यही रामायणमा अर्काे एकजना पात्र राजा जनक जो निस्सन्तान थिए उनले एकचोटी ठूलो अनिकाल पर्दा हलो जोतेपछि जमीनमुनिबाट एकजना बालिका निस्किन् जसको नाम जानकी वा सीता राखियो। यहाँनिर प्रश्न उठ्नु स्वाभाविकै हो कि के मान्छेले हलो जोत्दा जमीनबाट मानिसको बच्चा निस्कन्छ। महिलाले केही खाएर वा पुरुषले हलो जोतेर बच्चा जन्मने भए अरू को–को यस प्रक्रियाबाट संसारमा कहाँ–कहाँ जन्मे ? अथवा आज किन जन्मिइरहेका छैनन् ? त्यो प्रविधि कहाँ छ अहिले ? यस्तो प्रश्न किन नगर्ने ?
भर्खरै जनकपुरमा प्रत्येक वर्षझैं यस वर्षको विवाह पञ्चमी मेला पनि पुरानै तामझामका साथ सकिएको छ। भनिन्छ त्रेता युगदेखि नै राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग महीनाको शुक्ल पक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ। सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरबारे उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथनन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुष भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा राम जानकी विवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ। परम्परा अनुसार यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु–सन्तहरू समेतको एउटा जन्ती जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ। अयोध्याबाट आउने जन्तीलाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ। यस अवसरमा दुर्ई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव सम्पन्न हुन्छ। त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा–अनुसार कन्यापक्षका तर्फबाट गरिने ुमटकोर कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ। पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल
(माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु–याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पाहार अर्पण गरिन्छ। राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयंवर पूरा हुन्छ। त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पु–याएर आरती पूजन गरिन्छ। त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राम मन्दिर फर्कन्छ भने त्यसै रात मिथिला परम्परा–अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।
खीर खाएर तथा हलो जोतेर जन्मेको कथित काल्पनिक पात्रहरू राम र सीताको विवाहको सम्झनामा २०८० को विवाहपञ्चमी मेलामा यस वर्ष एघार हजार एक सय वर्ग फिटमा ८५ क्विन्टल अन्नको प्रयोग गरेर बडेमानको राम सीताको मूर्ति बनाइएको थियो। आयोजक समितिको भनाइ अनूसार अन्नको यो मूर्ति बनाउँदा एक्काइस लाखभन्दा बढी रुपियाँ खर्च भएको छ।
हामी सबैलाई थाहा छ कि नेपाल संसारको अति गरीब देशमध्ये एक हो। केवल दैनिक गुजारा चलाउनको लागि झन्डै एक करोड नेपाली विदेशिएका छन्। विदेशी मुद्रा कमाउन गएकाहरूको लाश दिनहुँ आउने गरेको ह्दयविदारक दृश्य हेरेर बस्न नेपालीहरू विवश छन्। यस्तो अवस्थामा केवल आस्था र परम्पराको नाममा यसरी पचासी क्विन्टल अन्नको प्रयोग सदुपयोग भएको भन्ने कि दुरुपयोग ?
भारत र नेपालमा जति धेरै मन्दिर र धार्मिक तीर्थस्थलहरू बनाइएका छन् वा अझै पनि बनाइँदै छन् त्यति संसारको कुनै देशमा छैन। अरू देशमा राजनीतिक पार्टीहरू देश विकासको लागि कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण योजनाहरू निर्माण गरेर लाग्ने गर्दछन्। सरकार नागरिकको रोजगार, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूर्ति गर्ने ग्यारेन्टी गर्दछन् तर हाम्रो देशमा राजनीतिक पार्टीहरू राज्यस्तरबाटै कमिशन र भ्रष्टाचारको संस्थागत जालो बुन्ने गर्दछन्। संसद्भित्र इमानदार एक जना जनप्रतिनिधि पनि भेट्न गाह्रो भएको हाम्रो देशमा कम्युनिस्टको खोल ओढेकाहरूको लस्कर धार्मिकतामा रमाएको देखिन्छ। सुनको जलहरी पशुपतिलाई भेटी दिने, कालो बोको काटेर साइत बनाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, भैंसी पूजादेखि उज्जैनको महाकालेश्वर मन्दिरमा गेरू वस्त्र धारण गरेर पूजापाठ गर्नेसम्मको हाम्रो देशमा कथित मूलधारका कम्युनिस्ट पार्टी र तिनका नेतृत्व मण्डली छ्याप्छ्याप्ती भेटिन्छन्। अनि यस्ताले हाम्रो समाजमा बडो गर्वले आपूmलाई एक नम्बरको क्रान्तिकारी र भौतिकवादी भन्ने गरेको जतासुकै देख्न सकिन्छ।
दुनियाँमा मानिस कि आदर्शवादी हुन्छ अथवा भौतिकवादी। हामीकहाँ भने एउटै व्यक्ति दोहरो भूमिकामा हुन्छ। घरभित्र बस्दा कट्टर अध्यात्मवादी घर बाहिर सभा, सम्मेलन, सार्वजनिक समारोहमा भौतिकवादी। भोजपुरीमा एउटा उखान छ – गौरैया गइल तितिर के चाल सिखे, अपनो चाल भुलागइल। त्यसैले आस्था आफ्नो ठाउँमा राख्नुपर्छ।
अन्धविश्वासलाई आदर्श मानेर हिंड्ने बेला होइन यो। अबको हाम्रो पुस्ता पाखण्डी र रूढिवादी हुनुबाट जोगिनुपर्छ साथै नयाँ पुस्ता तर्कशील बन्न जरूरी छ। आजको मानवले प्राप्त गरेको वैज्ञानिक उपलब्धि तथा प्रमाणित ज्ञानको जग तर्कशीलता हो। एउटा आदर्शवादीको जीवनमा आउने कुनैपनि समस्याको समाधान कथित ईश्वरबाट भएको देखिंदैन। चिकित्सक कहाँ नगएसम्म उसको रोग निको हुँदैन। त्यसैगरी दक्ष जनशक्ति कहाँ नगएसम्म उसको भौतिक समस्याको समाधान हुँदैन। त्यसैले आजको विश्वमा आदर्शवादी जीवनशैलीभन्दा प्रकृतिमैत्री तथा मानवीय भएर भौतिकवादी चिन्तनको आधारमा बाँच्न सकेमात्र जीवन र जगतप्रतिको दृष्टिकोण सही हुनेछ।