– डा शिवशङ्कर यादव

पाठकवृन्द मानसिक रोग वा पागलपनमा मान्छे पूरै होशमा नहुने तथा उसको बानीबेहोर छुट्टै त हुन्छ नै, शारीरिक क्रियाकलापमा हुने गडबडीले पनि अनेक रोग हुन्छ जसरी पाचनक्रियाको गडबडीले कब्ज हुनु वा पखाला लाग्नु, मिर्गौलाको गडबडीले पिसाब बढी वा कम हुनु आदि। तर शारीरिक वा मानसिक गडबडीले मानिसको बानी पनि बदलिन्छ भन्ने कुरा नौलो लाग्न सक्छ। मान्छेको सामान्य बानी बिहान उठ्ने, स्नानध्यान गरी सन्तुलित खाना खाने, अरूसँग नम्र व्यवहार गर्ने आदि। तर यसरी बानी परिवर्तन हुनुमा मानसिक र शरीर क्रियाको के भूमिका हुन्छ, तिनका के–के नाम हुन् तथा उपचार के हो भन्ने आजको विषय हो।

ग्याँसले गर्दा पेट फुलेको छ भने तपाईंलाई कसैसँग कुरा गर्न मन लाग्दैन। पेटको गडबडीले तपाईंको कुरा गर्ने बानीमा परिवर्तन भयो। टाउको दुखेको छ भने निद्रा लाग्दैन। तपाईंको सुत्ने बार्नी बदलियो। यस्ता अरू धेरै बानी– व्यवहार छन् जुन मानिसको शारीरिक र मानसिक गडबडीले गर्दा परिवर्तन हुन्छ। कोहीकोही बढी खाने, कोही निकै कम खाने बानी हुन्छ। यसको भेद मनमा वा शरीरक्रियामा लुकेको हुन्छ भनेर कसले पत्याउला ? तर तथ्यले यही भन्छ। अब आउनुस् त्यसको विवेचना गरौं ः

यसमा मुख्य परिवर्तन निम्नलिखिति छन् ः इटिंग डिजार्डर वा खानाको विकृति, ननअर्गेनिक स्लीप डिजार्डर, ननअर्गेनिक सेक्सुअल डिजार्डर, पोस्टपार्टम डिजार्डर, साइकोसोमेटिक वा मनोशारीरिक विकृति, पोस्टकार्डियक सर्जरी डेलिरियम अथवा हृदयको अपरेशन पछिको डेलिरियम, ग्रीफ अर्थात् असह्य वेदना।

इटिंग डिजार्डर ः

यसका निम्नलिखित प्रकार छन्– एनोरेक्सिया नर्भोसा ः जुन १३ देखि १९ वर्षका केटीहरूमा प्रायः पाइन्छ, जसमा मोटो हुने यस्तो डर हुन्छ कि शरीर दुब्लाएर जाँदा पनि डर जाँदैन। उसले चाहना गरेको शरीरको बनावट पनि गडबड हुन्छ। त्यस उमेर र लिङ्गमा शरीरको आवश्यक वजन पनि उसलाई स्वीकार्य हुँदैन। चिकित्सककहाँ पुगेपछि शरीरको यति बिघ्न क्षयको कुनै शारीरिक कारण थाहा हुँदैन र कुनै मनोवैज्ञानिक रोग पनि हुँदैन। प्रायः महिलामा महीनावारीसमेत बन्द हुन्छ। यस्ता केटीहरू आफ्नो खानाको सेड्युल आफैं बनाउँछन्, सानोसानो गाँस खान्छन् र खाना लुकाइ पनि दिन्छन्। जीम जाने क्रम निकै बढ्छ। यसका लागि एनोरेक्सिया शब्द उचित होइन किनभने एनोरेक्सियाको मतलब हुन्छ भोकको कमी। तर यसमा भोकको कमी हुँदैन। अरूको लागि विभिन्न खानेकुरा पकाउँछन्, आपूm चाहिं खाँदैनन्। यसमा डिप्रेशन र अब्सेसिभ लक्षण पनि देखिन्छ। यसको कडा स्वरूपमा पूरै शरीरमा मसिनो रौं उम्रेन्छ। महिलामा सेक्सुअल विकृति पाइन्छ र यस्ता महिला महिला भएकोमा सन्तुष्ट हुँदैनन् र गर्भधारणको पनि डर रहन्छ। यस्तो रोगीमा बुलिमिया पनि हुन्छ जसको वर्णन पछि गरिने छ। यस्तो रोगीको उपचार गरिएन भने वजन घातकरूपमा कम भएर जान्छ र पोटासियमको कमी तथा कुपोषणले मुत्युसमेत हुन्छ। यस रोगको उपचार अरू शारीरिक रोगबाट छुट्याएर निम्नलिखित दुई चरणमा गरिन्छ ः पहिलो चरणमा छोटो समयको उपचार जुन वजन प्राप्ति र न्युट्रिशनको कमीलाई ध्यानमा राखेर गरिन्छ। दोस्रो चरणमा बढी समय लाग्ने उपचार हुन्छ जसमा वजन सामान्य बनाउने र त्यसलाई कायम राख्ने। यी दुवै अलगअलग उपचार होइन, एकपछि अर्को लगातार गर्ने हो। उपचारहरू निम्नलिखित छन् ः विह्वेवियर थिरेपी ः यसमा १५ दिनमा २ केजी वजन बढाउने गरी रोगीलाई खान प्रोत्साहित गरिन्छ। शुरूशुरूमा रोगी बढी खान मान्दैनन्। अतः थोरैथोरै गरेर दिनमा ६ पटक खुवाइन्छ। खान बिल्कुलै नमान्ने रोगीलाई ट्युबबाट पनि खुवाउनु जरूरी हुन्छ। हस्पिटलाइजेशन ः कहिलेकाहीं छोटो समयको लागि हुन सक्छ तर लामो समयको लागि होइन। औषधि ः डिप्रेशनको अवस्थामा सहयोगी हुन्छ जसमा क्लोप्र्राेमाजिन, ट्राइसाइक्लिक एसिड र सिप्रोहेप्टाडिन आदि आउँछ। आजकाल वजन र भोक बढाउन सिप्रोहेप्टाडिन बढी प्रयोग गरिन्छ तर यसले वास्तविक नर्भोसामा मात्र बढी काम गर्छ। जथाभावी जेमा पनि प्रयोग गर्नु ठीक होइन। ग्रुपथिरेपीमा रोगी र उसका मातापितालाई रोगीले कसरी सहयोग गर्दैन र पातलो हुन र फिटनेसको लागि पनि यो सहायक हुँदैन भन्ने बताइन्छ। यस्तो अमेरिकामा धेरै पाइन्छ, अब हाम्रो देश पनि त्यतैतिर जान लागेको छ। तर यस विधिको उपचार बढी सार्थक देखिएको छ।

बुलिमिया नर्भोसा ः

यो किशोरावस्थामा पाइला टेक्न लागेका व्यक्तिमा पाइन्छ। यसमा मोटो हुने डर अत्यधिक हुन्छ र पहिले एनोरेक्सिया नर्भोसा भइसकेको इतिहास पाइन्छ। रोगीको शारीरिक छवि गडबड हुन्छ। रोगीमा हरदम खानाप्रति आग्रह र नरोकिने भोक हुन्छ। यस्तो रोगी कम समयमा धेरै खान्छन् तर त्यसको प्रभाव विफल पार्ने प्रयास रोगीले वान्ता गरेर, दिशा गर्ने औषधि खाएर, केही दिन उपवास गरेर र भोक नलाग्ने औषधि खाएर गर्छ। रोगीमा अर्को कुनै शारीरिक वा मानसिक गडबडी हुँदैन। यसको उपचारमा पनि उपरोक्त वर्णित विह्वेवियर, व्यक्तिगत र ग्रुप साइकोथिरेपीको साथै इमिप्रामीन र फ्ल्युक्सेटिन दिइन्छ।

ओबेसिटी नर्भोसा ः

मोटापा ओषधि, हार्मोनल गडबडी र शारीरिक बनावट आदि धेरै तत्वले हुन्छ। तर मोटापा साइकोलाजिकल कारणले पनि हुन्छ जसको उपचार साइकोथिरेपी र एन्टिडिप्रेसेन्टले गरिन्छ।

विन्ज इटिंग डिजार्डर ः

विन्जको मतलब हुन्छ ठूलो वा धेरै। यसमा मान्छे कम समयमा खानाको धेरै मात्रा खान्छ अथवा दिनभरि विनासेड्युल खाइरहन्छ, किनभने यस्तो गर्न उ बाध्य हुन्छ र नखाए राम्रो महसूस गर्दैन तर खाएपछि फेरि अपराधबोध हुन्छ, जुन बुलेमिया नर्भोसामा पनि हुन्छ। त्यस कारण यसको उपचार पनि बुलेमियाकै लाइनमा गरिन्छ। तर थिरेपीको स्पष्ट परिणाम पाइँदैन, जबकि बुलेमियामा पाइन्छ।

साइकोलाजिकल भोमिटिंग ः साइकोलोजिकल कारणले हुन्छ जसलाई मान्छे ग्यास्ट्रिक, एनोरेक्सिया नर्भोसा, डिसोसिएटिभ कन्भर्सन डिजार्डर, सोमेटाइजेशन वा मेलनजरिङ ठान्छ जुन सही होइन। यसका लक्षण निम्नलिखित छन् ः भोमिटिंग खान बस्नेबित्तिकै वा खाना पूरा हुनेबित्तिकै वाक्वाकी लाग्छ जसलाई जरूरी भए बिरामीले रोक्न पनि सक्छ। यो प्रायः क्रोनिक, बारम्बार र केही समयपछि फेरिफेरि हुन्छ। यति भए पनि मान्छेको वजन घट्दैन। उपचारमा सर्वप्रथम तनावको कारण पत्ता लगाइन्छ र जरूरी भए ठाउँ बदल्नुपर्छ। त्यसपछि सहने बानी बसाल्ने, प्रशिक्षण र अर्को साइकोथिरेपी गरिन्छ।

परप्युरल डिजार्डर वा प्रसूतिपछिको विकृति ः

महिलाको जीवनमा गर्भवती हुनु र बच्चा जन्माउनु तनावको ठूलो कारण हो। यस कारण खास गरेर पहिलोपालिमा, किनभने गर्भ धारण गर्नु र बच्चा जन्माउनु ममता र मातृत्वको जिम्मेदारीका साथै महिलामा ठूलो शारीरिक, मानसिक र हार्मोनल उथलपुथलका साथै शारीरिक छवि र बनावटमा आधारभूत र निश्चित बदलाव हुन्छ। त्यस कारण २५ प्रतिशत महिलामा हल्का डिप्रेशन, चिडचिडापन आदि देखिन्छ जुन केही दिनपछि आफैं निको हुन्छ र उपचारको जरूरत पर्दैन। तर प्रत्येक एक हजारमा दुईजनामा कडा खाले साइकोटिक लक्षण देखिन्छ जुन डेलिभरीको ३ देखि ७ दिनमा शुरू भएर चार सप्ताहसम्म चल्छ र महिलालाई अस्पताल भर्ना गर्नु आवश्यक हुन्छ। तीन दिनभन्दा पहिले यो हुँदैन। साइकोटिक लक्षण क्रमानुसार कडा डिप्रशसन, सिजोफ्रेनिया, मैनिया वा डेलिरियमजस्तो हुन्छ। साधारणतः प्रसूताको समय ६ सप्ताहको हुन्छ। त्यस कारण यस अवधिमा हुने साइकोटिक लक्षण परप्युरल साइकोसिस हो। भारतमा यसको रूप सिजोफ्रेनियाजस्तो हुन्छ र विकसित देशहरूमा डिप्रेशनको। तर यसको लक्षण वास्तविक सिजोफ्रेनिया र डिप्रेशनभन्दा कम हुन्छ। यसको कारण हार्मोन र एमाइनको गडबडी, स्टेरवायड विथड्रवल र मस्तिष्कमा आमा हुनुको द्वन्द्व हो। सिजोफ्रेनिया र डिप्रेशन लगभग उस्तैउस्तै हो तर यहाँ बढी भ्रम मुख्य लक्षणको रूपमा देखिन्छ। यसको उपचार पनि वास्तविक सेटिंग भन्दा कम कठिन हुन्छ। १५ देखि २० प्रतिशतमा यो अर्को डेलिभरीमा पनि हुन्छ र फोलिक एसिडको कमीले यसलाई क्रोनिक बनाइदिन्छ। यसको उपचार एन्टिडिप्रेसेन्ट र एन्टिसाइकोटिक औषधि नै हो तर निको भएपछि मनोपरामर्शमा राख्नु आवश्यक हुन्छ। गर्भ र प्रसूतिकालमा महिलाको राम्रो हेरचाह गर्नुका साथै रोगीको दूध बच्चालाई खुवाउनुहुँदैन किनभने लिथियम आदि औषधि बच्चाको लागि खतरनाक हुन्छ। अतः स्टिलविस्टेरोल दिएर महिलाको दूध सुकाइदिनुपर्छ।

साइकोसोमेटिक डिजार्डर ः

सर्वप्रथम हिनेस्पिले १९१८ मा यस शब्दको प्रयोग गरे, जसमा बिमारी साइकोसोसल कारणले हुन्छ। यसमा यसो सबै बिमारी पर्छ, जुन सोइकोसोसल कारणले शुरू हुन्छ तर त्यसको सूची लामो छैन। फ्रान्ज एलेक्जेन्डरले, जसलाई साइकोसोमेटिक मेडिसिन मानिन्छ, निम्न सातलाई मात्र साइकोसोमेटिक डिजार्डर मानेका छन्। यथा ः ब्रोंकियल अस्थमा, एसेन्सियल हाइपरटेन्शन, न्युरोडर्मेटाइटिस, थायरोटाक्सिकोसिस, पेप्टिक अल्सर, अल्सरेटिभ कोलाइटिस, र रूमेट्वायड अर्थराइटिस। तर १९७७ मा यसको जैविक कारण पनि जोडेर बायोसाइकोसोसल बनाइयो जुन बढी मान्य छ। यसलाई निम्नलिखित चक्रले दर्शाउन सकिन्छ ः

 

यसरी यसको अनगिन्ती सूची बन्छ र सबको वर्णन साध्य छैन।

पाठकवृन्द, तपाईंहरूलाई आश्चर्य लाग्न सक्छ कोरोनरी आर्टरी डिजिज पनि साइकोलोजिकल कारणले हुन्छ। जुन मान्छेमा यो हुन्छ उसको पर्सनालिटि ट्रेट दुई प्रकारको हुन्छ ए र बी। ए टाइपमा मान्छे सधैं हतारमा हुन्छ यहाँसम्म कि नुहाउने, खाने र बोल्नमा पनि। बी सधैं जीवनको दौडमा जित्न चाहन्छ र समयको पाबन्दीभन्दा बढी काम गर्छ।  टाइप बीको चरित्र एको उल्टो हुन्छ र लक्ष्य पनि यसले हासिल गर्छ जबकि ए असफल हुन सक्छ। यसको उपचारमा रिलेक्सेशन र व्यवहार परिवर्तन, व्यक्तिगत र ग्रुपथिरैपी पर्छ। रिलेक्सेशन थिरेपीमा जैकोब्सन टेक्निक जसलाई १९३८ मा जेकोब्सनले आविष्कार गरे जसमा शरीरका सबै मांसपेशी अलगअलग विधिबाट तन्काउने र रिलेक्स गर्ने तरीका सिकाइन्छ। योग, अटोहिप्नोसिस, जुन चिकित्सकले बताएपछि रोगी आफैंले गर्न सक्छ जसका चार चरण हुन्छ। यसले छुट्टाछुट्टै वर्णन खोज्छ। मेडिटेशन, बायोफिडबैक जसमा मशीनद्वारा शरीरको सामान्य क्रिया पत्ता लगाएर यदि सामान्य छैन भने के गर्नुपर्छ भन्ने सिकाइन्छ। यसबाट मान्छेले हृदयको गति र श्वास प्रश्वFसमा पनि काबू पाउन सक्छ। यसको उदाहरण कोरोनाकालमा देखिएकै हो। मोनिटरले आक्सिजन लेभेल नापिन्थ्यो। ९० भन्दा कम भए लामोलामो साँस लिन भनिन्थ्यो र आक्सिजन लेभेल ठीक हुन्थ्यो। यही हो बायोफिडबैक।   क्रमश ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here