प्रस, वीरगंज, १२ पुस/

नारायणी रङ्गशालाको क्रिकेट मैदानमा जारी प्रो क्लब च्याम्पियनसीप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल चरणको खेल बिहीवार सकिएको छ ।

अन्तिम क्वार्टरफाइनलमा सशस्त्र प्रहरीले पर्सा–११ लाई ८ रनले हराए पनि रनरेटको आधारमा सेमिफाइनलमा प्रवेश पाएन । सशस्त्रले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १२८ रन जोडेको थियो । प्रतिउत्तरमा पर्सा–११ निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर १२० रनमा सीमित रह्यो ।

८ रनले आजको प्रतियोगितामा जीत हासिल गरेको सशस्त्र भने रनरेटको आधारमा सेमिफाइनल चरणमा प्रवेश पाएन । पर्सा–११ लाई ९७ रनमा सीमित गरेर जीत हासिल गर्नुपर्ने चुनौतीलाई उसले पूरा गर्न नसकेपछि क्वाटरफाइनलबाट छाटिएको छ ।

शुक्रवार सेमिफाइनल चरणको दुईवटा खेल हुने आयोजक कमिटीले जनाएको छ । पहिलो सेमिफाइनल नेपाल आर्मी र पर्सा–११ तथा दोस्रो सेमिफाइनल भारतको वन्डर्स क्लब नोयडा र नेपाल पुलिसबीच हुनेछ । प्रतियोगिताको फाइनल शनिवार हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here