प्रस, सेढवा, ११ पुस/

गहुँबालीको बेलामा पनि पर्सेली किसान मल अभाव झेलिरहेका छन् । गहुँ छरेको २१ दिनपछि सिंचाइ र त्यसको एक सातापछि युरिया मल छर्नुपर्ने हुन्छ । तर अहिले गाउँघरमा रहेका सहकारीहरूमा युरिया मलको अभाव छ ।

प्रत्येक वर्ष बालीका लागि मल अभाव हुने समस्या देखेर थरूहट क्ष्Fेत्रका किसानहरूले आवश्यकता अनुसार मल सञ्चय गरेका हुन्छन् । करीब ५० प्रतिशत किसानले मल सञ्चय गरेको कारण उनीहरूलाई अहिले युरिया मलको अभाव खडकिएको छैन । सिंचाइ गरेर माटो मलिलो हुने प्रतीक्ष्Fामा उनीहरू छन् भने अर्काथरि किसान युरिया मलको लागि भारतीय सीमावर्ती बजार धाइरहेका छन् ।

नेपाली मलको तुलनामा पाँच किलो बोरामा कम हुने र थोरै महँगो हुने भए पनि भारतीय मल खरीद गरेर खेतमा छर्नुपर्ने किसानहरूलाई बाध्यता छ । नेपाली मल प्रतिबोरा ५० किलो र भारतीय मल प्रतिबोरा ४५ किलो तौलको हुन्छ । युरिया अहिले प्रतिबोरा  रु ७५० मा नेपालमा पाइन्छ भने भारतमा रु एक सय बढी रु ८५० पर्छ । गहुँको बीउ छर्दा युरिया, पोटास र डिएपी मल दुई–दुई किलो प्रतिकठ्ठा प्रयोग हुन्छ भने बीउ छरेको २१ दिन र सिंचाइ गरेको एक सातापछि युरिया मल प्रतिकठ्ठा तीन–चार किलो प्रयोग गरिन्छ ।

अहिले जिल्लाको थरूवान र बजियान दुवै क्ष्Fेत्रका किसान गहुँको बीउ छरेको २१ दिनपछि सिंचाइ गर्दैछन् । सिंचाइपछि पानी सुकेर माटो मलिलो भएपछि युरिया मल हाल्ने गरिन्छ । यही बेलामा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कम्पनीले सहकारीमार्फत वितरण गर्ने मलको पर्सा जिल्लामा अभाव भएको हो । दशैंताका केही सहकारीहरूले थोरबहुत मल बिक्री गरे पनि अहिले कम्पनीबाट मल आएपछि मात्र बिक्री गर्ने भनेर किसानहरूलाई रित्तो हात पठाउँदै छन् ।

गहुँबालीको लागि मात्र पनि तीनपटक मल आवश्यक पर्छ । पहिले बीउ छर्दा, त्यसको चार सातापछि र बाला लाग्ने बेलामा मल छरिन्छ ।

अहिले एक चरणको मल छर्ने कार्य सकिएको छ र दोस्रो चरणको शुरू भएको छ । पहिलो चरणदेखि नै किसानहरूले मल पाउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here