प्रस, वीरगंज, ११ पुस/

मुलुकभरिमैं सबैभन्दा बढी विद्युत् महसुल तिर्ने सिमरास्थित जगदम्बा स्टिलको आज लाइन काटिएपछि सरोकारवाला पीडित भएका छन् भने मुलुको आमदनी पनि प्रभावित भएको छ । सो उद्योगका सरोकारवाला कर्मचारी मजदूरहरूद्वारा लाइन काटिएकोमा स्थानीय प्रशासनमा विरोध प्रदर्शन गरेको कुरा सरोकारवालाहरूले बताए ।

सो उद्योगको नाममा अहिले ४ अर्ब १४ करोड विद्युत् महसुल बक्यौता रहेको सरोकारवाला कार्यालयले जनाएको छ भने यत्रो महसुल रकम बक्यौता रहेकोमा विगत दिनमैं असुल उपर गर्नुपर्नेमा अहिले एकैपटक बक्यौता देखाएर लाइन काट्नु दुःखदको विषय हो । यसबाट मुलुकलाई करोडौं विद्युुत् महसुलसहित राजस्व सङ्कलनमा कमी आएको देखिन्छ भने हजारौं मानिस बेरोजगारी भएर आर्थिक सङ्कटमा परेको पीडितहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here