प्रस, वीरगंज, १० पुस/
ज्ञानदा एकेडेमीले नेशनल स्पोट्र्स एकेडेमी सञ्चालनमा ल्याएको छ । मङ्गलवार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंहले एकेडेमीको उद्घाटन गर्दै गुणस्तरीय क्रिकेट खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिए । उनले क्रिकेटले अन्तर्राष्ट्रियजगत्मा नेपालको पहिचान बढाइरहेकोले क्रिकेटमा लगानी सराहनीय रहेको बताए ।
ज्ञानदा एकेडेमीका सिइओ एवं प्रधानाध्यापक राजेन्द्रप्रसाद कोइरालाले एकेडेमीले हाल क्रिकेटको र भविष्यमा फूटबल, बास्केटबललगायतका खेलको पनि प्रशिक्षण दिने बताए ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकेडेमीले उत्पादन गर्ने खेलाडीहरूले नेपाली क्रिकेटमा योगदान दिनसके एकेडेमीको उपादेयता साबित हुने बताए ।
इपिएलका डाइरेक्टर आमिर अख्तरले एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा योगदान वृद्धि हुने बताए । ज्ञानदा एकेडेमीका संस्थापक सन्दीप तुल्स्यानले खेलकूद क्षेत्रको विकासका लागि एकेडेमीले भविष्यमा थप लगानी गर्ने गृहकार्य गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीहरू सोमपाल कामी, करण केसी, कुशल मल्ल, आरिफ शेख, आशिफ शेष, अविनाश कर्णलगायतको सहभागिता थियो । एकेडेमीमा आवासीय सुविधासहित ३० जना प्रशिक्ष्FFर्थीको टोलीलाई एकसाथ प्रशिक्षण दिने सुविधा छ । साथै एकेडेमीमा बलिङ मेशीन, रात्रि प्रशिक्षणका लागि फ्लड लाइट, स्टे«न्ट एन्ड कन्डिशनिङ सेसन, भिडियो तथा प्राविधिक विश्लेषण, निजी प्रशिक्षण, अभ्यास खेलका लागि खेलमैदान, फिल्डिङ ड्रिल्स, स्विमिङ पुल, यातायात, क्रिकेट टुर, न्युट्रिसन क्यान्टिन, विशेष प्रशिक्षण शिविर आदिको सुविधा रहेको जानकारी गराइएको थियो ।