वीरगंज (पर्सा), ९ पुस/रासस
पर्साको वीरगंजमा जारी दोस्रो संस्करणको प्रो–क्लब क्रिकेट च्याम्पियनशिप टी–२० प्रतियोगितामा सोमवार नेपाल आर्मी क्लब र भारतको वन्डर्स क्लब नोइडा विजयी भएका छन् ।
वीरगंजस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई आठ विकेटले स्तब्ध पार्दै भारतको नोइडा क्लबले पहिलो जीत निकाल्दा आर्मीले भारतको उत्तर प्रदेश क्लब (युपी ११) लाई ६५ रनले पराजित गरी आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
पहिलो खेलमा टस जितेर भारतीय नोइडा क्लबले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४४ रनको योगफल जोडेको थियो ।
एपिएफका कप्तान प्रदीप ऐरीले २४ रन, सन्दीप झोराले २० रन, आसिफ शेख र लोकेश बमले समान १९/१० रन तथा अमर रौटेलाले १७ रनको योगदान दिए । भारतीय क्लब नोइडाका अलिप्त गुप्ताले २ तथा हर्षित सेठी, सञ्जीव चतुर्वेदी र रितिक भाटले समान १/१ विकेट हात पारे । १४५ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको भारतीय क्लब नोइडाले १६ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा ग-यो ।
नोइडाका हर्षित सेठीले अविजित ४५ रन, सिद्धार्थ गोस्वामीले अविजित ४३ रन, रितिक भाटले ४६ रन तथा रितिक अरोराले १२ रनको योगदान दिए ।