प्रस, बिरुवागुठी, ८ पुस/
पर्सागढी नगरपालिका–३ स्थित सुशासन साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ ।

आमोदेवी जनता क्याम्पसमा शनिवार सहकारीको वार्षिक साधारणसभाको सांसद अजयकुमार चौरसियाले उद्घाटन गरेका थिए । उनले सहकारीमा लागेका महिलाहरूलाई ऋण दिएर लक्षित काममा खर्च गर्न सुझाए । उनले ऋण एक प्रयोजनमा लिने र अर्को प्रयोजनमा खर्च गर्दा अहिले समस्या भएको भन्दै उत्पादनमूलक कार्यमा ऋण लिन र सोहीमा खर्च गरेको खण्डमा सावाँ, ब्याज तिर्न समस्या नहुने बताए ।

प्रदेशसभा सदस्य श्याम पटेलले पर्सागढीका महिलाहरू अधिकारका साथसाथै आआप्mनो जिम्मेवारी बोध गरेर हिंडिरहेको बताए । उनले महिला जागरणको यो उदाहरण जिल्लामा विरलै देख्न पाइने भन्दै पर्सागढीका दुईवटा सहकारी संस्था महिलाहरूले सफलतापूर्वक सञ्चालन गर्दै आएकामा गौरन्वावित महसूस गरेको बताए ।

संस्थाकी अध्यक्ष बिन्दुदेवी थरुनीको अध्यक्षतामा भएको साधारणसभामा नगरप्रमुख गोकर्ण पाठक, नेका पर्साका उपसभापति अशोक गुप्ता, पूर्वनगरप्रमुख लोकनारायण यादव, पूर्वउपप्रमुख साना किसान सहकारी लिमिटेड, उदयपुरघुर्मीका अध्यक्ष वीरेन्द्र कर्णलगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटनसत्रमा लेखा समिति सदस्य टीका श्रेष्ठले रु ९२ लाख ११ हजार ८१९ को आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष बबिता चौधरीले स्वागत र बलिराम शुक्लले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here