जकार्ता, ८ पुस/एएफपी
पूर्वी इन्डोनेशियामा आइतवार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।
सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महŒवपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महŒवपूर्ण धातु हो ।
‘पिटी इन्डोनेशियाको सिङ्शान स्टेनलेस स्टील’को प्लान्टमा स्थानीय समय अनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगरपरिषद्का प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । “अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको छ,” प्रवक्ता डेडी कुर्नियावानले बताए ।
घटनामा सात इन्डोनेशियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।
कुर्नियावानले एएफपीलाई बताए अनुसार पाँचैजना विदेशी कामदार चिनियाँ नागरिक थिए ।
अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजीकैको अक्सिजन टङ्कीमा पनि विस्फोट भएको देखिएको छ । आइतवार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । रासस