दिनेश मिश्र, पोखरिया, ७ पुस/

पोखरियामा जारी पाँचौं मेयर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार हुने भनिएको दोस्रो सेमिफाइनल खेल विवादका कारण स्थगित भएको छ ।

हिजो पहिलो सेमिफाइनल अन्तर्गत पोखरिया नपा र सखुवाप्रसौनी गापाबीच भएको खेलमा अम्पायरले गलत निर्णय दिएको भनेर आज स्थानीय युवाहरूले विवाद सिर्जना गरेपछि आजको दोस्रो सेमिफाइनल खेल स्थगित भएको हो ।

हिजो सखुवाप्रसौनीले बलिङ गर्दा पोखरियाको विकेट खसेको थियो तर अम्पायरले आउट नदिएको भनेर विवाद भएको थियो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा पोखरिया नपा जिते पनि आज बिहान भने हिजोको विषयलाई लिएर विवाद चर्किएको हो ।

प्रहरीले विवाद साम्य पारेको र पञ्चायती गरेर थप विवाद साम्य पार्ने भनी आजको खेल स्थगित गरिएको थियो । प्रतियोगिताको फाइनल खेल भने सोमवार खेलाइने तालिका थियो ।

यसअघि पनि लिग खेलमा विवाद भएर विन्ध्यवासिनी गापाले खेल परित्याग गरेको थियो । पछि पुनः प्रवेश गरेको विन्ध्यवासिनी र कालिकामाई गापाबीचको दोस्रो सेमिफाइनल खेल  स्थगित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here