दिनेश मिश्र, वीरगंज, ५ पुस/
पोखरिया नगरपालिका–६ को शेरा खेलमैदानमा जारी पाँचौं मेयरकप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न खेलमा सखुवाप्रसौनी गाउँपालिका विजयी भएको छ ।
सखुवाप्रसौनी गापाले टस जितेर बलिङ गर्दै १९.३ ओभरमा पकाहामैनपुर गापाको सबै विकेट झारी १२७ रनमा रोकेको थियो । प्रतिउत्तरमा १४.१ ओभरमा छ विकेट गुमाएर सखुवाप्रसौनी गापाले १३० रन बनाइ विजयी भयो । १७ बलमा ४७ रन बनाएका सखुवाप्रसौनी गापाका आकाश कुमार ‘म्यान अफ दी म्याच’ घोषित भए । भोलि शुक्रवार पोखरिया नपा र सखुवाप्रसौनी गापाबीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।