प्रस, पोखरिया, १ पुस/

पोखरिया नगरविकास समितिको विरोधमा जग्गाधनीहरूले आइतवार प्रदर्शन गरेका छन् ।

२०४० सालमा नगर विकास समितिको लागि जग्गा अधिग्रहण गर्दा १९ बिघा जग्गा मात्र अधिग्रहण भएको थियो । साढे ५७ बिघा जग्गा अधिग्रहण गर्नुपर्नेमा १९ बिघा मात्र अधिग्रहण भएको थियो र बाँकी जग्गा धनीहरूले दिन मानेका थिएनन् र विरोधमा उत्रेका थिए ।

पछि २०६५ सालमा नगर विकास समिति र जग्गाधनीहरूबीच अधिग्रहणमा पर्ने जग्गामध्ये ३० प्रतिशत सडक नालाको लागि सम्बन्धित जग्गाधनीबाट लिने र बाँकी जमीन जग्गाधनीहरूले नै भोग गर्ने सहमति भएको थियो ।

सोही सहमतिको आधारमा ४० वर्षपछि पोखरिया नगर विकास समितिले गति लिन थालेको हो । तर नक्शा बनाउँदा २० देखि ५० प्रतिशतसम्म जग्गा अधिग्रहण गरिएको र मङ्सिर २९ गते शिलान्यास भएपछि स्थानीय जग्गाधनीहरू पुनः विद्रोहमा उत्रिएका छन् । जग्गाधनीमध्येका इन्द्रदेवप्रसाद चौरसियाले सहमतिविपरीत जग्गाको नापनक्शा भएको हुँदा विरोध गरेको र सो नसच्याउन्जेलसम्म विरोध जारी रहने बताए ।

पोखरिया नगर विकास समितिका निमित्त अध्यक्ष्F राजु गिरीलाई आज उनीहरूले ध्यानाकर्षण गराएका थिए । गिरीले नक्शामा जेजस्तो भएपनि ३० प्रतिशत मात्र जग्गा सडक र नालाको लागि लिइने बताए ।

यस सम्बन्धमा सोमवार नगरप्रमुख प्रद्युम्न चौहानसमेतलाई राखेर पोखरियामा छलफल हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here