प्रस, परवानीपुर, १ पुस/

पोखरिया नगरपालिकामा दलित महिला सरसफाइकर्मीमाथिको बलात्कार प्रयासको घटनामा मुद्दा दर्ता भएको छ ।

पीडित महिला र निजका पतिले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय, पोखरियाले जबरजस्ती करणी उद्योगमा आइतवार मुद्दा दर्ता गरेको हो ।

सरसरफाइ शाखाका कर्मचारी नाइके रामबली हजरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको इप्रका, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले बताए ।

पीडित महिलाबाट जाहेरी प्राप्त भएलगत्तै मुद्दा दर्ता गरेर पीडक हजरालाई खोज्न टोली खटाइसकेको उनले बताए ।

शुक्रवार राति ९ बजे सरसरफाइ शाखाका कर्मचारी हजराले ती महिलालाई फोन गरी कार्यालयमा कोही नभएको बेला बोलाएर बलात्कारको प्रयास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here