प्रस, परवानीपुर, १ पुस/
वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित प्रहरी चौकी परवानीपुरको अगाडि सुक्खा बन्दरगाह चोकमा वीरगंज महानगरले स्थापना गरेको भैंसीको प्रतिमा भत्काएको आरोपमा पक्राउ परेका छजनालाई आइतवार प्रहरीले रिहा गरेको छ ।
गलती समीक्षा गरेको र एकपटकको चेतावनीपछि पर्सा प्रहरीले छजनालाई रिहा गरेको हो । वडा प्रहरी कार्यालय, श्रीपुरले कृष्ण चौधरी, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय, सञ्जय साह कानूलाई हिजो भैंसीको सालिक तोडफोड गरेको कसूरमा पक्राउ गरेको थियो ।