प्रस, वीरगंज, ३० मङ्सिर/

वीरगंज महानगरपालिका–२१ हनुमानचोकमा वीरगंज महानगरले निर्माण गरेको मुर्रा भैंसीको सालिक स्थानीयवासीहरूले तोडफोड गरेका छन् ।

मुर्रा भैंसी अङ्कित सालिक महानगरले निर्माण गरेकोमा विरोध गर्दै आएका स्थानीयहरूले मङ्सिर २९ गतेको समयसीमा दिएका थिए । सो समयमा सालिक नहटाइएको कारण आज स्थानीयवासीहरूले मुर्रा भैंसीको सालिक तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न स्थानीयहरू कृष्ण चौधरी, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय, सागर साह कानूलाई वडा प्रहरी कार्यालय, श्रीपुरले पक्राउ गरेको छ ।

सो चोकमा हनुमानको प्रतिमा स्थापना हुनुपर्ने माग गर्दै स्थानीयवासीहरूले मुर्रा भैंसीको सालिक राखेर अपमान गरेको भन्दै विरोध गरेका थिए ।

महानगरले हनुमानचोकमा मुर्रा भैंसी, वीरगंज–१५ प्रतिमाचोकमा जिराफ र बिपी उद्यानमा बाघको सालिक स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here