प्रस, रौतहट, २८ मङ्सिर/
सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अनियमितता भएको आरोप लगाउँदै शिक्षकले अख्तियारमा उजूरी दिएका छन् ।

दुर्गाभगवती गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय, पिपरा भलोहियाका तत्कालीन प्रधानाध्याकले विभिन्न शीर्षकमा लाखौं रकम अनियमिता गरेको भन्दै विद्यालयका शिक्षक विपिनकुमार पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडामा उजूरी दिएका थिए । विद्यालयका तत्कालीन प्रअ यदुनी दासले विभिन्न शीर्षकमा अनियमितता गरेको उजूरीमा उल्लेख छ ।

२०७९ मङ्सिर महीनामा सरुवा भएर अनोहोतीलाल माध्यमिक विद्यालय वसन्तपट्टीमा कार्यरत प्रअ यदुनी दासले विद्यालयको रकम पटकपटक गरेर आफ्नो नाममा रहेको बैंक खातामा हाल्न लगाएको उजूरीमा उल्लेख छ ।

तत्कालीन प्रअ दासले विद्या मन्दिरको नाममा छ लाख, जानकी पुस्तक पसलको नाममा रु ७५ हजार, आफ्नो नाममा रु २५ हजार, सुलभ ट्रेडर्सको नाममा रु १९ हजार, यदुनी दासको नाममा रु २० हजार, खरिदार अग्रजकुमार पाण्डेयको नाममा रु ८२ हजार ६६२, सुस्ती इलेक्ट्रोनिक्सको नाममा रु ९८ हजार ९७१, जानकी पुस्तक पसलको नाममा अढाई लाख, प्रियांशु पुस्तक पसलको नाममा अढाई लाख, यदुनी दासको नाममा रु १२ हजार ५१०, खरिदार अग्रजकुमार पाण्डेयको नाममा रु एक लाख ४९ हजार चार सय, रु एक लाख ५२५१ निकासा गरी अनियमितता गरेको उजूरीमा उल्लेख छ । यस सम्बन्धमा प्रअ दासले निर्णय भएर खर्च भएको बताए । उनले विद्यालयमा कुनै अनियमितता नभएको केवल इबी साध्न उजूरी गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here