प्रस, बिरुवागुठी, २८ मङ्सिर/
पर्सागढी नगरपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चैनपुरको चार कोठे भवन निर्माणको शिलान्यास भएको छ ।
नगरप्रमुख गोकर्ण पाठकले बिहीवार विद्यालय भवनको शिलान्यास गरे । कार्यक्रममा नगरप्रमुख पाठकले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासमा आफ्नो पूरै ध्यान रहेको र सोही अनुसार कार्य भइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, प्राविधिक शाखा प्रमुख इन्जिनीयर जङ्गविजय साह, वडाध्यक्ष शेख खुर्सेद, कार्यपालिका सदस्य सविता गिरी, मोहनलाल महतो, वडासदस्य जीतेन्द्र यादव, प्रभु यादवलगायतको सहभागिता थियो ।
पर्सागढी नपाको नगर योजना अन्तर्गत रु ७७ लाख ७४ हजार प्राविधिक मूल्याङ्कन रहेकोमा रु ४८ लाख ६८ हजारमा ठेक्का लागेको छ । आगामी असार मसान्तसम्म कार्य सम्पन्न गर्ने चार कोठे भवन निर्माणको ठेक्का बिस्मिल्लाह कन्स्ट्रक्सनले लिएको छ ।