दिनेश मिश्र, वीरगंज, २८ मङ्सिर/
पोखरियाको शेरा खेलमैदानमा जारी पाँचौं मेयरकप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवारको खेल विवाद भएर स्थगित भएको छ ।

आजको खेल विन्ध्यवासिनी र धोबिनी गाउँपालिकाबीच शुरू भएको थियो । टस जितेर विन्ध्यवासिनी गापाले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
प्रतिउत्तरमा मैदानमा उत्रेको धोबिनी गापाको टीमले दोस्रो ओभरमा बलमा छक्का मारेको थिउो । विन्ध्यावसिनी गापाका खेलाडीहरूले छक्का नभएको भनी विवाद शुरू गरेका थिए । अम्पायरले समेत छक्का घोषणा गर्दा उनीहरूले मानेनन् र खेल छाडी मैदानबाट बाहिरिए । उनीहरूले प्रतियोगिताबाट आफ्नो सहभागिता पनि रद्द गरेपछि आजको खेल आयोजकले स्थगित भएको घोषणा गरेको थियो ।

पोखरिया नपाको सहयोगमा वडा कार्यालय–६ द्वारा आयोजित पाँचौं मेयर कप टी–२० प्रतियोगिताको शुक्रवारको खेल पकाहामैनपुर र कालिकामाई गापाबीच हुने आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here