रोम, २४ मङ्सिर/एएनआई
रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रवार राति भएको आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।
इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करीब १०ः३० बजे शवगृह, क्लिनिक र भान्सा नजीक एक्कासि आगोले समातेको र तुरून्तै माथिल्लो तलाको आपत्कालीन कोठासम्म फैलिएको थियो ।

मृतक चारजनामध्ये दुईजनाको धूवाँले निसासिएर, एकजनाको हृदयघातका कारण र अर्का एकजनाको जलेर मृत्यु भएको छ । शवगृहमा रहेका अन्य शव पनि जलेको पाइएको छ ।

उद्धार गरिएकामध्ये सात बालबालिका र धेरैजसो बच्चा रहेका छन् । अस्पतालका प्रवक्ताले बताए अनुसार उद्धार गरिएकामध्ये १३४ जनालाई नजीकैका अस्पतालहरूमा लगिएको छ ।

आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो दनदनी फैलिएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here