• सञ्जय साह मित्र

परिवेश बदलिएर समाजमा धेरै किसिमका सुधार भएका छन् । समाजमा भएका सुधारले पनि परिवेश बदलिएको हो । दुवै एक अर्कासित गाँसिएका कुरा हुन् । समाजमा परिवर्तन मानिसले ल्याउने हो र मानिस परिवर्तन भएसँगै समाज परिवर्तन हुने हो । सामाजिक परिवर्तन निरन्तर प्रक्रिया हो । समाजमा, हरेक युगमा निरन्तर परिवर्तन देखा परेको पाइन्छ । यद्यपि समाज परिवर्तनको गति र स्वरूपमा भने भिन्नता हुनु स्वाभाविक हो । समाजमा आएको परिवर्तन स्वीकार गर्न कठिनाइ महसूस गर्नेहरू आप्mनो जमानाका कठिन क्रान्तिकारी पनि थिए । आप्mनो युगमा विद्रोही हुने तर अहिले समाज त्यसभन्दा अगाडि जान खोज्दा समाजको रीतिथिति बिगार्नेको सङ्ख्या बढी भयो भन्ने विचार दिनेहरू पनि रहेका छन् । कुनै बेला प्रवाहले नदीको किनार भत्काउने भेल जब कुनै ठाउँमा खाल्टो खन्दछ तब त्यहाँ जमेको पानीको अवस्था यस्तै हुनुपर्छ जस्तो पुरानो जमानामा आपूmलाई समाजमा परिवर्तनको वाहक मान्नेहरू अहिलेको परिवर्तनबाट असन्तुष्ट छन् ।

परिवर्तित परिवेशमा समाजका विभिन्न अङ्ग र विकृतिको स्वरूप परिवर्तन भएको छ । पहिलेका कतिपय मान्यता आज विकृत बनेर स्वतः हराएका छन् । पहिलेका कतिपय सामाजिक स्वीकृति आज विकृत भएका छन् । पहिले राम्रै ठानिएको तर्क अहिले कुतर्क बनिसकेको छ । यसैगरी पहिले हुने कतिपय हिंसा आजभोलि देख्न पाइँदैन वा पहिले सामान्य मानिने कतिपय हिंसा आजभोलि करीब लोप नै भइसकेका छन् । सामाजिक परिवर्तनको आप्mनै गति  नियम भए पनि राज्यले लिने कतिपय नीति, नियम तथा कानूनको आधारमा समाजमा परिवर्तन स्वाभाविक हुन्छ । समाजले ऐन र कानून मानेर नै बिस्तारै परिवर्तनतर्फ डोरिन्छ र कालान्तरमा त्यै परिवर्तन सर्वस्वीकृत बन्न पुग्दछ । यसरी जबसम्म र जहाँसम्म समाजले कुनै कुरालाई मान्दैन त्यहाँसम्म त्यो विकृति हो वा विसङ्गति हो । यद्यपि कुनै पनि हिंसालाई विकृति नै मान्नुपर्दछ र कतिपय हिंसा बलजप्mती गरिएको हुन्छ जसलाई विकृत मानसिकताको उपज मानिन्छ ।

हुनत हिंसा भन्ने नै बलजप्mती हो । कसैको इच्छाविपरीत केही भन्नु वा मानसिक चोट पु¥याउनु वा मनमा दुख्ने बनाउनु पनि हिंसा नै हो । अझै विस्तारमा भन्ने हो भने कुनै पनि गाली, हप्काइ, हेपाइ हिंसाकै प्रकार र प्रकृति हो । साथै कुनै कारणले तनाव उत्पन्न हुनु पनि हिंसा हो । जस्तै, कसैले घरमा कुुकुर पालेको छ र उसको कुकुर बरोबर भुकेर छिमेकीलाई अप्ठ्यारो पार्छ । कसैले गाडी राखेको छ र उसको गाडीले पिंपिं र भोंभों गरेर छिमेकीलाई सुत्न दिंदैन । कसैले चर्को स्वरमा हर्न बजाउँछ, कुनै धार्मिक गीत वा कार्यक्रम ठूलो स्वरमा बजाउँछ, कुनै सांस्कृतिक अवसरमा बाटो अवरुद्ध गर्छ । यद्यपि यिनलाई हिंसाको श्रेणीमा लिएको पाइँदैन तर, कानून सबैलाई छ । सम्बन्धित निकायमा खोजी गर्ने हो भने इच्छाविपरीत भएको सबै चर्को स्वर वा अन्य काममा पनि कानून लाग्छ । कानूनले क्षतिपूर्तिको व्यवस्था पनि गरेको हुन्छ भने दण्ड वा सजायको पनि व्यवस्था गरेको हुन्छ । दण्ड वा सजाय महŒवपूर्ण होइन । मुख्य कुरो त सचेतना हो । यदि मानिस सचेत छैन भने लापरवाहीले पनि धेरै काम बिगारिरहेको हुन्छ । यस्ता कुराले मानिसलाई अनुशासनमा पनि राखेको हुन्छ । जसले नियम कानून मान्दछ, ऊ अनुशासित पनि हुन्छ । अनुशासित हुनु भनेको वास्तवमा सभ्य हुनु हो । जो सभ्य हुन्छ, उसले सामान्यतया हिंसा गर्दैन वा कतैबाट जानकारी प्राप्त भएको खण्डमा हिंसाबारे बुझ्दछ र मनन गर्दछ ।

 मारपिट, हत्या, बलात्कार आदि हिंसा नै हो । अहिले समाजमा परिवर्तन आउँदै गर्दा यसमा केही कमी आएको पनि देखिएको छ । पहिले गरीबी र अज्ञानता बढी थियो । अशिक्षा पनि बढी नै थियो । कानूनबारे जानकारीको अभाव थियो । यिनै कारणहरूले गर्दा सामान्य कुरामा पनि विवाद भइरहन्थ्यो र विवादले झगडाको रूप लिन्थ्यो । विवाद घरायसी वा पारिवारिक वा सामाजिक आदि हुँदा बलले मिच्याइ गरेर समाधान निकाल्ने चलन थियो । जसको लाठी उसकै भैंसी भन्ने उखान चरितार्थ हुन्थ्यो तर आजभोलि चेतनाको विस्तार भइरहेको छ र कानून परिपालन नगर्दा समस्या हुन्छ भन्ने चेतनाले पनि मानिसलाई हिंसा कम गर्न प्रेरित गरिरहेको छ । यद्यपि जहाँ कट्टरता छ र जहाँ अशिक्षा र गरीबी छ, त्यहाँ अनेक रूपमा हिंसा अझै पनि देख्न पाइन्छ । अझै पनि समाजमा जति हिंसा हुन्छ, त्यसमा महिला र बालबालिकासित सम्बन्धित बढी हुन्छ । सम्बन्धित निकायमा पनि महिला र बालबालिकासित सम्बन्धित हिंसा नै बढी पुग्ने गरेको देखिन्छ ।

अझै यदि हिंसाको लैङ्गिक स्वरूपलाई विचार गर्ने हो भने पुरुषभन्दा महिलामाथि हिंसा बढी हुने गरेको पाइन्छ । लैङ्गिक विभेद र हिंसा महिलामाथि जन्मपूर्वदेखि नै हुन थाल्दछ । गर्भमा हुँदा नै पहिचान गरेर खेर फाल्नेमा नब्बे प्रतिशतभन्दा बढी स्त्रीलिङ्ग हुनुपर्छ । यसपछि शिशु अवस्थादेखिको स्याहारसुसार, पालनपोषण तथा शिक्षा आदि सबै क्षेत्रमा महिलामाथि विभेद गरेर हिंसा गरिएको हुन्छ । घरमा काम गर्ने बहानामा धेरै बालिकालाई विद्यालय पठाइन्न वा घरमा पनि पढ्ने वातावरणमा कटौती गरिन्छ । छोरीमान्छेलाई खेलकूदमा त झन्डै निषेध नै छ, अहिलेसम्म पनि मधेसी समुदायमा । घरबाहिर गएर किशोरीहरूलाई कतै खेलकूद गर्ने वातावरण हुँदैन । यसको लागि सम्पूर्ण समाज नै दोषी छ । महिला भएकै कारण अझै पनि धेरै अवसरबाट वञ्चित हुनुपरेको छ । एक हिसाबले यो पनि हिंसा नै हो । यीबाहेक घर–परिवारमा अझै पनि महिलामाथि हिंसा भइरहेको छ । झैझगडा, कुटपिटमा महिलाको भाग बढी हुने गरेको छ । अझै पनि कतै कतै बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय दुव्र्यवहार हुने गरेको छ ।

दुव्र्यवहार सहनु र दुव्र्यवहार भोग्नुलाई महिलाले पनि नियति मान्नुहुँदैन । आजको युग यस्तो छ कि जति सह्यो उति कमजोर हो भन्ने मानसिकतालाई बढावा दिन्छ । यदि प्रतिकार हुन्छ वा सम्बन्धित निकायसम्म पुग्छ भने बल्ल लगाम लाग्न शुरू हुन्छ । कतिपयले सहन नसकेर आत्महत्या गर्ने गर्दछन् । सहन नसक्दा प्रतिकार गर्नुपर्छ । प्रतिकार गर्न नसकिने अवस्थामा विकल्प खोज्नुपर्छ । सङ्घर्षले विश्वका धेरै महिला संसारमा चर्चित बनेका छन् । सङ्घर्ष भन्नु विद्रोह होइन । समस्या महिलालाई मात्र हुने होइन, पुरुषमा पनि हुन्छ । सबैभन्दा महŒवपूर्ण कुरो त समझदारी नै हो । अलिकति सहनुपर्छ र अलिकति सहन सिकाउनुपर्छ । समझदारी दुवैतिर हुनैपर्छ । तर कतिपय अवस्थामा जब यो सीमाहीन लाग्न थाल्छ तब वैकल्पिक बाटो रोज्नुपर्छ । र, यो पनि देखिएको छ कि जहाँ आत्मनिर्भरता छ, त्यहाँ महिला हिंसा कम हुन्छ । सबैभन्दा पहिले आत्मनिर्भरताको बाटो पछ्याउनुपर्छ हरेक महिलाले । आत्मनिर्भर महिलामा समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ । यस्ता महिलामा पलायनभन्दा समझदारी र आत्महत्याभन्दा विद्रोह गर्ने क्षमता धेरै हुन्छ । यदि अन्यत्रबाट हिंसा हुन्छ भने प्रतिकार गर्ने गुणको विकास हुन्छ । आत्मनिर्भरताले महिलालाई धेरै हदसम्म सम्मान पनि दिन्छ । जहाँ सम्मान हुन्छ, त्यहाँ अपमान आउन डराउँछ । अपमान, अपहेलना, हेपाइ, गाली र शारीरिक हिंसा सबैलाई सम्मानपूर्ण जीवनले उछिनेको हुन्छ । यसकारण हरेक आमाबुबाले आप्mना सन्तानलाई आत्मनिर्भर बनाउने बाटोमा अग्रसर हुन निरन्तर अवसर प्रदान गर्नुपर्छ । आप्mनो प्रयासमा हुन नसके तालीम, कोचिङ र अन्य विकल्पको सहारा लिनुपर्छ । जति बलियो आत्मनिर्भरता हुन्छ, त्यति बलियोगरी सबै किसिमको महिला हिंसामाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरो आमाबुवाले बुझ्नु जरूरी छ । पहिले छोरीलाई बोझ मानिन्थ्यो, त्यो पनि एक किसिमको हिंसा हो । हो, आजभोलि छोरीप्रति अभिभावकको जिम्मेवारी हुन्छ, दायित्व हुन्छ भन्न थालिएको छ । यही जिम्मेवारी वा दायित्वले छोरीलाई उच्च सक्षम नागरिक बनाउन सहयोग गर्दछ जसले भविष्यमा पनि महिला हिंसाबाट रोक्न सक्छ । यो सोच परिवर्तित परिवेशमा समाजको आवश्यकता बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here