परम्परागत मेलामा प्रहरी हस्तक्षेप, गोली चल्यो, एकजना घाइते

प्रस, पोखरिया, १७ मङ्सिर/ वीरगंज महानगरपालिका–१७ अलौंको सिवानटोलामा वर्षौंदेखि लाग्दै आएको महावीरी झन्डा मेलामा शनिवार राति स्थानीय र प्रहरीबीच विवाद बढेर झडप भएको र प्रहरीले झडप साम्य पार्न चार राउन्ड हवाई फायरिङ गर्नुपरेको थियो । धेरै वर्षदेखि सो स्थानमा पूर्णिमापछि मङ्सिर महीनामा महावीरी झन्डा मेला लाग्दै आएको र हिजो शनिवार मेलामा कुश्ती र नाचको कार्यक्रम […]

किसानहरू खेतीपाती छाडेर माछापालनतर्फ

ओमप्रकाश चौधरी, सेढवा, १७ मङ्सिर/ पर्सा जिल्लाका किसानहरू परम्परागत अन्न उत्पादनका खेतीपाती छाडेर माछापालन व्यवसायमा लागिपरेका छन् । इन्धनको मूल्यवृद्धि, बीउबिजन, रासायनिक मल, कीटनाशक औषधि, सिंचाइ समस्या, उत्पादित वस्तुको उचित मूल्य नपाउनेलगायत समस्याका कारण किसानहरूले अन्न उत्पादन गर्न त्यागेर अहिले माछापालनतर्फ आकर्षण बढाउन थालेका छन् । पटेर्वासुगौली गाउँपालिका–५ देउरिया निवासी किसान भागवती चौधरी धान, गहुँलगायतका […]

कोल्हवीमा भीषण आगलागी, सप्रनाउको ज्यान जोगियो

प्रस, निजगढ, १७ मङ्सिर/ सशस्त्र प्रहरी सुुरक्षा बेस नेपाल, विपत् व्यवस्थापन निजगढका प्रमुुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माले पुुनर्जीवन पाएका छन् । कोल्हवी नगरपालिका–२ निकासस्थित खेतमा रहेको परालको ठूलो कुुन्यूमा लागेको आगो निभाउन निजगढ बेसका सशस्त्र प्रहरी टोली, वारुणयन्त्रसहित घटनास्थल पुुगेका सप्रनाउ शर्मा खेतमा रहेको गोबरग्याँसको टङ्कीमा डुुब्न पुुगेका थिए । निजगढ नगरपालिका–७ […]

३९ वटा उद्योग बन्द, ३०१ वटा खुले

नितेश कर्ण, वीरगंज, १७ मङ्सिर/ घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले चालू आव २०८०/८१ को चौमासिकमा ३९ वटा उद्योगको लगतकट्टा भएको र ३०१ वटा नयाँ उद्योग दर्ता भएको जानकारी गराएका छन् । कार्यालयकी सूचना अधिकारी सरिता खड्काले उद्योगतर्फ ३०१ वटा उद्योग दर्ता भएको, ३७८ वटा उद्योगको नवीकरण भएको, ३३ वटा […]

आगलगीबाट लाखौं मूल्यको क्षति

प्रस, रौतहट, १७ मङ्सिर/ रौतहटको दुर्गाभगवती गाउँपालिका–४ पचरूखीमा आगलागी हुँदा लाखौं मूल्यको क्षति भएको छ । दुर्गाभगवती गापा–४ पचरूखी निवासी हरिनारायण महतो सुडी र दीपेन्द्र महतो नुनियाको घरमा शनिवार मध्यराति आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट सालको गोलिया, खाद्यान्नहरू जलेर लाखौं मूल्यको क्षति भएको परिवारजनले बताए ।

नारायणी अस्पतालको पिएनसी कक्षमा २५ शय्या थपिंदै

प्रस, वीरगंज, १७ मङ्सिर/ नारायणी अस्पताल, वीरगंजमा प्रसूतिपश्चात् हेरचाह गर्न आवश्यक पर्ने पोस्ट नेटल केयर (पिएनसी) कक्षको क्षमता वृद्धि गरिने भएको छ । अहिले अस्पतालमा उपलब्ध पोस्ट नेटल केयर कक्षले प्रसूतिको चाप थेग्न नसक्दा वीरगंज महानगरको पहलमा कन्साई नेरोलक पेन्ट जापान प्रालिले अस्पतालमा रु ४० लाखको लागतमा थप क्षमता वृद्धि गर्न लागेको हो । कन्साई […]

मानवसेवा आश्रमलाई बलेरो गाडी हस्तान्तरण

प्रस, वीरगंज, १७ मङ्सिर/ मानवसेवा आश्रम, वीरगंजलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बलेरो गाडी हस्तान्तरण गरेका छन् । हाल आश्रम रहेको वीरगंज महानगरपालिका–२५ मा आइतवार एक कार्यक्रममा मन्त्री रिजालले आश्रमका संस्थापक रामजी अधिकारीलाई गाडी हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले राजनीतिबाट विश्राम लिएपछि आफू पनि मानवसेवा आश्रममा लागेर समाजसेवा गर्ने बताए । उनले […]

लायन्सद्वारा स्वास्थ्य शिविर

प्रस, वीरगंज, १७ मङ्सिर/ लायन्स क्लब इन्टरनेशनल–३२५ एसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल–३२५ एसको दोस्रो क्याबिनेट बैठकको अवसरमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको लायन्सका राधेश्याम खेतानले बताए । शिविरमा १३५ जनाको रक्तचाप, मधुमेहको परिक्षण गरिएको र निश्शुल्क औषधिसमेत वितरण गरिएको खेतानले जानकारी गराए । बैठकमा सहभागीहरूको स्वास्थ्य अवस्था पनि दुुरुस्त […]

राधादेवी मेमोरियल स्कूलको व्यवस्थापन महानगरले गर्ने

प्रस, वीरगंज, १७ मङ्सिर/ वीरगंज महानगरपालिका–६ आदर्शनगरस्थित राधादेवी मेमोरियल लायनेस स्कूल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्तरूपमा सञ्चालन गर्ने भएका छन् । सो विद्यालय सञ्चालनको लागि ४२ वर्षअघि मुरलीधर शर्माकी आमा स्व राधादेवीले लायनेस क्लबलाई विद्यालय सञ्चालनका लागि जग्गादान गरेकी थिइन् । पछिल्लो समय विद्यालय सुस्त गतिमा सञ्चालन भएको थियो । हाल सो विद्यालयमा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।