बलिराम शुक्ल, बिरुवागुठी, १५ मङ्सिर/
पर्सागढी नगरपालिका–३ स्थित जूनतारा महिला बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार गरीब, विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष मञ्जु क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास कोषको रकमबाट वडा नं ३ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका करीब ५० जनाभन्दा बढी गरीब, जेहेन्दार विद्यार्थीहरूलाई कापी, कलमलगायत स्टेशनरी सामग्री वितरण गरिएको संस्थाकी प्रबन्धक उर्मिला कार्कीले बताइन् । उनले प्रत्येक वर्ष गरीब, जेहेन्दार विद्यार्थीहरूलाई र सामाजिक कार्यमा संस्थाले सहयोग पु-याउँदै आएको बताइन् ।