प्रस, वीरगंज, १० मङ्सिर/
पर्सा जिल्ला फूटबल सङ्घको साधारणसभा हिजो शनिवार सौराहामा सम्पन्न भएको छ।
सङ्घको साधारणसभा पहिलोपटक सम्पन्न भएको र साधारणसभाले आफ्नै स्रोतबाट ग्रासरूट फूटबल प्रतियोगितालाई निरन्तरता दिने, जिल्ला तथा मधेसस्तरीय फूटबल प्रतियोगिताको आयोजना गर्ने, विभिन्न क्लबहरूले आयोजना गर्ने फूटबल प्रतियोगितामा सहकार्यको भूमिका निर्वाह गर्ने जस्ता निर्णय गरेको महासचिव विनोद परियारले बताए।
उनले सङ्घको साधारण सदस्यमा वीरगंज भेट्रान्स सिटी क्लब, विशाल मेमोरियरल फाउन्डेशन र शक्ति युवा क्लब, परवानीपुरलाई मताधिकारसहितको सदस्य मनोनीत गरिएको बताए।
सङ्घका अध्यक्ष्F अनिलकुमार कलवारको अध्यक्ष्Fता एवं मधेस प्रदेश फूटबल सङ्घका अध्यक्ष नेपाल कार्कीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा मानदेव हजरा, ईश्वर यादव, हेमन्त चौरसिया, पङ्कज श्रेष्ठ, दीपक साहलगायतको सहभागिता थियो।