प्रस, वीरगंज, ९ मङ्सिर/
पर्सा मिलन केन्द्र, काठमाडौंले कथाकार गणेश लाठ, रक्तसञ्चार केन्द्र, वीरगंजका पूर्वप्रमुख प्रवीण मानन्धर, दलित सामाजिक अभियन्ता तथा पिस फर दलित्स फाउन्डेशन नेपाल, मधेस प्रदेश, पर्साका अध्यक्ष मनोज राम, पत्रकार मनीष पौडेल, नेपाल रेडक्रस सोसाइटी पर्साका कर्मचारी राजन श्रीवास्तवलगायतलाई सम्मान गरेको छ।
२३औं पर्सा दिवसको अवसरमा केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव र मन्त्री रमेश रिजालले कथा साहित्यतर्फ गणेश लाठ, सामाजिक सेवातर्फ प्रवीण मानन्धर, राजन श्रीवास्तव, सामाजिक रूपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम, डिजिटल सञ्चारमाध्यमतर्फ पत्रकार मनीष पौडेल, शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्रका पूर्वप्राध्यापक डा रामदेश तिवारी, स्वास्थ्यमा स्त्रीरोग विशेषज्ञ डा अचला वैद्य, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, सञ्चारतर्फ ध्रुवकुमार साह तेली, व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधानसहित १० विद्यामा योगदान पु–याएका पर्सेलीलाई सम्मान गरेका थिए।
कार्यक्रम केन्द्रका अध्यक्ष उमेश गुप्ता रौनियारको अध्यक्षतामा भएको थियो भने स्वागत महासचिव ललनप्रसाद साह र सहजीकरण प्रतिमा चौधरीले गरेका थिए।